अमेरिका अहा कस्तो !

Spread the love
dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम ‘परिश्रमी’

अमेरिका अहा कस्तो सफा, शुद्ध मनोहर
संस्कृति छैन जस्तो छ, सभ्यता तर सुन्दर

साना बाटोहरू राम्रा राजमार्ग फराकिला
बाहिर देखिने उस्तै छन् सबै चिज बान्किला

व्यवस्थित सबै बस्ती, प्रकृति क्या हराभरा
सुनिन्छ चिर्बिराएका सङ्गीते ध्वनिमा चरा

 

श्रमले कर्मले गर्दा मान्छेको व्यस्त जीवन
कानुनी राज्यको साँच्चै पालना छ सचेतन

न धुवाँ, न धुलो मैलो ,कतै छैन प्रदूषण
चेतना जनताको नै हो जस्तो लाग्छ कारण

काठका घर धेरै छन् चिटिक्कका व्यवस्थित
बाहिर उत्तिकै राम्रा भित्र वातानुकूलित

ठुला सहरमा अग्ला अट्टालिका निकेतन
बेफुर्सदी छ झैँ लाग्छ यहाँ नागर जीवन

ट्राफिक प्रहरी खट्नै नपर्ने मार्ग व्यस्त छ
पहेँलो, हरियो, रातो बत्तीले काम चल्दछ

आआफ्नै कामधन्दामा छन् समस्त समर्पित
अश्वेत, श्वेत छन् साथी, समुदाय छ मिश्रित

मगन्ते पनि भेटिन्छन् अल्छी तिघ्रेहरू कुनै
जो काम गर्न चाहन्नन् हुन् भिखारीहरू उनै

सामाजिक भने हुन् कि होइनन् भन्न सक्दिनँ
अरूको कुभलो ठान्ने कमै होलान् कि दुर्जन

सहरी सभ्यता हेर्दा सम्पन्नता विराज छ
ग्रामीण क्षेत्रमा किन्तु कस्तो रीतिरिवाज छ

लाखौंलाख यहाँ बस्छन् नेपाली बन्धुबान्धवी
यो बिचमा प्रशस्तै छन् कलाकार एवम् कवि

स्वाभिमानी म नेपाली, शक्तिशाली अमेरिका
सत्यतः देखियो जेजे, लेखियो तथ्य माथिका ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *