उजाड बगरमा पनि मोती फलाउन सिक्नु
धर्यता र परिस्रमले पत्थर गलाउन सिक्नु
जिन्दगीको गोरेटोमा धेरै आउँछन् कठिनार्इ
छिचेलेर बाधाहरु पाइला बढाउन सिक्नु
टुक्रिएर झरेपछि समेट्नु को के अर्थ भो ?
मरेपछि ईच्छा पानी भेट्नु को के अर्थ भो ?
सक्छौ मुटु चल्दाचल्दै बरु प्रहार गर छुरा
पिलाएर जहर घाँटी रेट्नु को के अर्थ भो ?
हुर्कियो बीउ आत्तियो जिउ रोप्नलाइ हतार
पर्दैन पानी के गरौँ हामी जाने भो असार
रोपौँला भनी छरेको बीउ सुकेर गैसक्यो
यो खडेरी ले जलेर मुटु खरानी भैसक्यो ।
अहिलेसम्म रोपेको छैन धान कहिले पसाउँछ
भोली के खाने भनेर झनै चिन्ता ले सताउँछ
यस्तै हो भने अहिले साल अनिकाल पर्ने भो
समयले पनि पर्खिन्न अब लौन के गर्ने हो ।
यी सना नानी रुन्छन् कि भनी पिठ्युँ मै बोकेर
हिड्दछिन सानी पोल्छकी भनी स्याउलाले छोपेर
जेलेको मुटु बलेको छाती पिर कति अटाउँछ
आउँदैन क्यार परदेशी प्यारा यादमात्रै पठाउँछ ।
हुन्छ प्रलय हुन्छ प्रकृति रिसाउँदा
पिउने तरलमा आगो मिसाउँदा
उ.फ कति कठिन हुदो हो जिउन
आमा कै आखामा सन्तान बिझाउँदा ।
आउहेरौँ खप्परलाई तक्दिरमा बदलेर
रोइरहेको भित्तालाई तस्बिरमा बदलेर
कसैले बनाओस् कसैका लागि ताजमहल
हामी रमाउँ झुपडीलाई मन्दिरमा बदलेर।
