सखे! बिर्सेर माटो वरा…

Durga, Gyawali, Sharma, दुर्गा ज्ञवाली शर्मा, pallawa, पल्लव

दुर्गा ज्ञवाली शर्मा

सुन्दर काख, छ शैल्य यही वीचमा जन्मे जहाँ हुर्किए
वित्यो वाल्य वय, जसै पुल पुले ,उन्मादले फुर्किए
खेले खेल हजार, चुल्वुल वने, नाँचे घुमे उफ्रिए
हुर्के जून समान पूर्ण म वने पन्छी वने उम्किए

लागे जीवन कामले शहरको धूवा धुलो पाउन
देशभक्त वनेर जंगी रणको पोषाक यो लाउन
पाए दुख्ख हजार हण्डर कति,गोली पिएकीछु म
सेवा पूर्ण गरी, अधोमर वनी एक्लै जिएकी छु म

 

सम्झी आज अतीत वाल्य पनका ती गाउँ पाखाहरु
गाउँ झै मन दङ्ग भो त अहिले ती लोक भाकाहरु
केही दिन विताउने रहरले फर्केर आए यहाँ
मेरो मावल माइती सव जसै फूले फलेका जहाँ

फर्कौ झै मन छैन कुन्नी किन हो त्यो कष्ट-माण्डप तिर
सम्झी दूषण-यूक्त वायु धमिलो लागी रहेको पिर
साच्चै यही विताउं यो जीवनका वाँकी कती छन् दिन
लागेको छ अचम्म प्रेम दिलमा हुर्केर वढ्दो झन् झन

पोखौ की श्रम सीप लौन पसिना खोश्रेर सुर्की गरा
दिन्छिन् श्वर्ण समान अन्न सहजै संवृद्द छन यी धरा
मीठा,स्वस्थ सफा अहा पवनका सम्झेर नाना फल
मान्दैन मन फर्कनै सहर त्यो विर्सी चिसा ती जल

गर्रौ की नव सिर्जना जीवनको ठान्दै छु रे भर्खर
मारौ की अव तिर्सना रहरको सिन्चेर यही तर्खर
गर्द‌ैछू सगिसाथि छोड्न मनले मान्दैन खै यो धरा
फर्कन्न अब काष्ट-माण्डप सखे विर्सेर माटो वरा
फर्कन्न अब काष्ट-माण्डप सखे विर्सेर माटो वरा ।।

छन्द: शार्दूलविक्रीडित
२०७५/३/१८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.