बहरबद्ध गजल

Khagendra, Samras, खगेन्द्र समरस, pallawa, पल्लव

खगेन्द्र समरस

खुड्किलो अप्ठ्यारो नआए हुने हो
अल्छिले समतलछेउ पाए हुने हो

व्यर्थमै रोयौ हार खाएर मित्र
खेल हो सम्झी मन बुझाए हुने हो

खेल खेल्नेले जित्छ कमजोर हार्छ
पथप्रदर्शकले यो सिकाए हुने हो

 

हुइँकिए धेरैबेर के टिक्छ तागत
पाइला भुइँ टेकेर धाए हुने हो

चस्स घोच्ने बोली कहाँ राख्न सक्छन्
धारिलो बोल्नेलाई बिझाए हुने हो

प्रेमिकाको हर चेहरा जाँच्न मन छ
पत्नी बन्नु पहिल्यै रिसाए हुने हो

पर्खिबस्दा मन आशले व्याग्र बन्छ
के छ निर्णय चाँडै बताए हुने हो ।।
बहरे खफीफ

बोनसमा यौटा मुक्तकः
म पाखे हुँ, पाखेले गोबर चलाउनुपर्छ
अन्न उब्जाई यी गाउँशहर चलाउनुपर्छ
तिमी पो फोटो खिच्न धान रोपेझैँ गर्छौ
मैले त हिलोमै खेलेर घर चलाउनुपर्छ ।।

– खगेन्द्र समरस
बहर~बहार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.