गोर्खे साइँलोसहित पाँचजानालार्इ वाल्मीकि साहित्य सम्मान !!!

Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

२०५, औं भानु जयन्तीका सन्दर्भ पारेर शहीद स्मृति क्याम्पस, रत्ननगर चितवनको सभाहलमा वाल्मीकि साहित्य सदनले स्रष्टा सम्मान, काव्यवाचन र सदनको मुखपत्र सम्प्रेषणको २१ औं अड्’को विमोचन कार्यक्रम धुमधामका साथ उल्लासमय वातावरणमा सम्पन्न गरेको छ । वाल्मीकि साहित्य सदनका अध्यक्ष श्री रामबाबु घिमिरेको सभाध्यक्षता तथा रत्ननगर नगर पालिकाका मियर श्री नारायणा वन ज्यूको प्रमुख अतिथि सञ्चालित उक्त कार्यक्रममा वाल्मीकि साहित्य सदनका संस्थापक अध्यक्ष वरिष्ठ गजल साधक एवम् महाकाव्यकार केशवराज आमोदीले स्वागत गर्नु भएको थियो ।

 


उक्त कार्यक्रममा केदारनाथ खनाल, गोविन्दराज विनोदी, डा.नारायणप्रसाद खनाल, डा. धनेश्वर भट्टरार्इ, रामहरि श्रेष्ठ, मिरा तिमिल्सिना (न्यौपाने) ‘धरा’, हरिप्रिया रिजाल, पार्वती खनाल (अर्याल) पुष्प अधिकारी अञ्जलि, डा. एकनरायण पौडेल, अमृता रामदाम, तिलकराज पौडेल, डी डी शर्मा, उर्मिला, कार्की, राजेन्द्र घायल, सीताराम कोइराला, श्यामजी अतिथि, जगन्नाथ पण्डित, दिलबहादुर बोगटी, धनराज गिरी, कमल अर्याल ‘धादिङ्गे’, मिना लामिछाने लगायत छिमेकी जिल्ला मकवानपुर तथा नवलपुर र स्थानीय जिल्ला चितवनका गरी करिव १५० जाना भदा बढी
कवि स्रष्टा एवम् द्रष्टाहरूको उपस्थिति रहेको थियो ।
यसरी अति सव्य र भव्यरूपमा सञ्चालित उक्त कार्यक्रममा पल्लव साहित्य प्रतिष्ठान–चितवन तथा लायन्स क्लब अफ चितवन वाङ्मय दुवै संस्थाका संस्थापक अध्यक्ष श्री गोर्खे साईंलो (ऋषिप्रसाद लामिछाने) सँगै एकैसाथ सम्मानित हुनु भएका अन्य महानु भावहरूमाः श्री साम्ब ढकाल मकवानपुर, श्री इन्द्र रेग्मी चितवन, श्री गणेश शर्मा पौडेल चितवन र श्री बालकृष्ण थपलिया चितवन हुनुन्थ्यो । सोही अवसरमा वरिष्ठ साहित्यकार श्री गोविन्दराज विनोदीलाई वाल्मीकि साहित्य सदनको मानार्थ सदस्यता प्रदान गरेको थियो ।
कार्यक्रममा उपस्थित सबै स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए भने सोही कार्यक्रममा सदनको मुखपत्र सम्प्रेषणको २१ औं अड्’को विमोचन र वितरण गरेको थियो ।
अन्तमा वाल्मीकि साहित्य सदनका अध्यक्ष एवम् वरिष्ठ निवन्धकार रामबाबु घिमिरेले प्रमुख अतिथि लगायत उपस्थित सबै र दृश्य अदृश्यरूपमा संस्थालार्इ सहयोग गर्नुहुने सबैलार्इ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.