नारायण गोदारेका विविध रचनाहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

ख्याली:
कोही छलका कुरा गर्छन्र
कोई भलका कुरा गर्छन्।
कोही हलका कुरा गर्छन्।
कोही जलका कुरागर्छन्।..
#
छियाली:
जता हेर वलका कुरा।
यता हेर दलका कुरा।

लौन हेर मलका कुरा।
सवै हेर मनका कुरा।

 

यतै हेर जनका कुरा।
उतै हेर पनका कुरा।…
#
प्यारीले भनिन् लाइँदैन वुट्टे सारी स्कट पेन्टी देऊ।
यो कुरो सुनि नलाउ है वुट्टे सारी स्कट पेन्टी लेऊ।

ए! जवाना बदल्यो अवको संसार नौलोछ जनवाद!
नारीले भनिन् चाहिंदैन वुट्टे सारी स्कट पेन्टी देऊ।

वरावर चाहियो हक र अधिकार गणतन्त्र हाम्रो हो।
जो जहाँछौ पुरुष लाइँदैन वुट्टे सारी स्कट पेन्टी लेऊ।

भेद , भाव चाहिन्न बुझ नारीको समान अधिकार हो।
सम्मान गर नारी नलाउने वुट्टे सारी स्कट पेन्टी लेऊ।

भन्दैछ समय अगि हो बढेर कुरो बुझ्ने पो गर हौ?
नारी स्वतन्त्र हुन्छे लाउन्न वुट्टे सारी स्कट पेन्टी देऊ।….
#
अब जीवन छुटे पनि।
लौन जीवन टुटे पनि।

ए! मायाँ त मायाँ हो।
किस्मत अहो फुटे पनि।

फत्कौलीका कुरा सुन है!
जीवन मृत्यु लूटे पनि।

भवसागर हो संसार!
जता जेसुकै जूटे पनि।

फिक्काछ सवको मन।
जति कुरा हो खुटे पनि।..
#
मिठो नमिठो थाहा छैन?
तीतो अमिलो थाहा छैन?

स्वाद विग्रनुमा को दोषी?
राहत भएन थाहा छैन?

भस्मासूर भयो राजनीति।
राष्ट्रको ढिकुटी थाहा छैन?

सके ऋण जनमा वोकाए।
केही यिनलाई थाहा छैन?

क्षान विचार सव काशी गए।
वेपर्वाह यिनमा थाहा छैन?….
शुभ मध्यान्नजी
#
उचालेर हिंड।
ओह्रालेर हिंड।

कोईछन् तिम्रा।
सम्हालेर हिंड।

ज्यदति नहोस।
चियाएर हिंड।

भन्न नपरोस।
मिलाएर हिंड।

कोही आऊलान्?
समाएर हिंड।..
#
मेरो डेरा खोला पारी ।
तिम्रो चाहिं खोला वारी ।

भन काइली भेट हुन्छ ?
हुन्छ भने आऊ नारी ।

वेमानीको भर हुन्न ।
ऋण काडी तिर्ने जारी ।

भन्ने तिम्रो मन सुवा ।
बुझें मैले आऊ पारी ।

राज पनि वाटो कुर्ने ।
‘गोदारे’छ खोला पारी ।…
#
समय अहो रात्र मृत्यु भीख मागि रहेछ ।
म हाँसी नाची उसलाई भीख साँचि रहेछ ।

ए! ऊ आश्चर्यमा परेर कल्पि कल्पि हेय्रो ।
नतमस्तक भएर मृत्यु भीख मागि रहेछ ।..
#
गन्दगीछ जीवन ।
वन्दकीछ जीवन ।

यो कस्को नाशो हो ।
ठण्डकीछ जीवन ।

चेत विचेतमा पो ।
गण्डकीछ जीवन ।

कण्ठ माला जप हो !
मन्दगीछ जीवन ।
#
कर्म त्याग भैस्को त ।
छन्दकीछ जीवन !..
अहो! खुस्केट भो जिन्दगी ।
लौहो फुस्केट भो जिन्दगी ।
सास अड्याउन साह्रै साह्रो ।
अब लुस्केट भो जिन्दगी ।..
#
समय पल दुई पलकोछ जिन्दगानी ।
सूर्य उदायो ओ आएर हेर विहानी ।

ए! भरे नि हो साँझ पक्कै पर्ने गर्दछ ।
थाहै नदि सुटुक्क जान्छ जिन्दगानी ?

थहा छैन आहै! प्राण वायु हिंडको ।
केही पय्रो कि त चल्छ जिन्दगानी ।

कसैको प्रलोभनमा आश्रित हुन्न ।
वुझी हो केही पलकोछ जिन्दगानी ।

कुन सटको हिंडछ केही पत्तै छैन ।
यम काल हुँदो रहेछ जिन्दगानी ।..

राखेर मायाँ कहिलै साँचिन्न रहैछ हेर ।
जति म साँच्छु भन्छौ उति जन्छ खेर ।
विश्वास गर नगर साँचो त यही रहेछ ।
ताला रहन्छ काँहीं पद चिन्ह छामि हेर ।..
#
वाँच्ने मर्ने लाइसेन्स विनाको जीवन ।
हेर सवैले लाइसेन्स विनाको जीवन ।

न यताछ न उताछ वीचमा अडकेको ।
छाडि जाने लाइसेन्स विनाको जीवन ।

न तलछ न माथिछ पथ भ्रमछ लहै !
जान पनि हो लाइसेन्स विनाको जीवन ।

न हेरी रहनु न छोडी जानु केछ यहाँ ?
जलि जान हो लाइसेन्स विनाको जीवन ।

लहै न भयो न गयो अस्तु र खरानी ।
हुन नपाउनु लाइसेन्स विनाको जीवन ।..
#
अहिले रातछ विहान हुन दिनु ।
मनोरमा लौ सूर्य उदाउन दिनु ।

निष्पट्ट कालो बादल हटेको छैन ।
आकाश अब अलि सफा हुन दिनु ।

वयलपाटा पुगेको आत्म कथाछन् ।
मरि मेटी जनक्रान्ति लौ गर्न दिनु ।

अपशोच तिमी मनोरमा नलिनु रे !
जो जो जहाँ छन् तिहीं हुन दिनु ।

संघर्सको मैदानमा पुगि सके मान्छे!
जे जे पर्छ पर्छ परि रहन दिनु।

अहिले रातछ विहान हुन दिनु ।
लौ मनोरमा सूर्य उदाउन दिनु ।..
#
मन
मन त आज शूना शूनाछ
कविता लेखिंदैन ।
कतै काँही विषय बस्तु
भेटिंदैन ।
सायद अन्तिम हुन सक्त जीवन !
मन पटक्कै साहित्य रचतैन ।..
शुभ विहान ।
#
प्रिय! तिम्रो तस्विरछ मेरो छाति भित्र ।
मेरो आहै! तक्दिरछ तिम्रो छाति भित्र ।

आऊ अब म हाम्रो तस्विर वनाई दिन्छु ।
विषय वस्तु भेटिन हाम्रो छाति भित्र ।

साहाराहरु हराए अगि बढन गाह्रो भयो ।
बैशाखी टेकी वस्छु तिम्रो छाति भित्र ।

लौन नदी भेलमा पर्दा साहारा चाहिंन्छ ।
यही अब तस्विरछ हाम्रो छाति भित्र ।

झझल्को लागिरहने निस्पक्ष बनाएर ।
राम्रो सव तक्दिरछ तिम्रो छाति भित्र ।

समय पाउँदा अहो! त्यही खोली हेर्छु ।
अझ धेरै रस्विरछ तिम्रो छाति भित्र ।

तिनै हेरी मन बुझाउने मार्ग विचारी ।
लौहै! प्रिय! तस्विरछ तिम्रो छाति भित्र ।..
#
आखिर जून झरी सक्यो ।
प्रकृति गुण गरी सक्यो ।

हितकरीका कुरा सुन्दरछ ।
आहा लै धुन चढी सक्यो ।..
#
सेती खोला रहेछन् वगर ।
भेरी होला वसेकान् मगर ।
तिम्रो मायाँ ममा कति पवित्र !
मेची खोला परेकाछन् वगर ।..
#
हे! प्यारी! जीवन मर्छ, जीव मर्दैन ?
पिर नलेऊ मर्नु त पर्छ, जीव मर्दैन ?
घाम छायाँ हो जीवन जानै हो पर्छ ।
जन्मेर आयौं मर्नु पर्छ, जीव मर्दैन ?..
#
चियाएर हेरे ।
विगारेर हेरे ।
संसारै दङ्ग ।
वियाएर हेरे ।..
#
हमिर कहाँछन् ?
जमिर कहाँछन् ?

महारानी भनन् ।
अमिर कहाँछन् ?

हसनलाई सोध ।
समिर कहाँछन् ?

कुरो कन्थो गर ।
कविर कहाँछन् ?

जग जाग अब ।
अहिर कहाँछन् ?

हमिर कहाँछन् ?
जमिर कहाँछन् ?..
शुभ रात्रि !

आँप फलेपछि ।
जीव ढलेपछि ।
के काम लाग्यो र ?
सिंगै झरेपछि ।..

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.