गजल

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

मेरो हार भित्र उसैको जीत लिएर
समाचार भित्र उसैको हित लिएर

के गर्छौ र तिमी एक्लै खुशी भएर
रहर भित्र उसैको तजबिज लिएर

समय पल भित्र खुशीको अनुभुती
मेरै शहर भित्र उसैको गीत लिएर

 

छु म तिम्रै प्रकृतिको काखमा यहाँ
मन मन्दिर भित्र उसैको दीप लिएर

धुनहरू पोख्छ्न सधै रागमा यहाँ
अनुहार भित्र उसैको शीत लिएर ।

पठायौ मलाई तिमीले हे इश्वर यहाँ
यो सन्सार भित्र उसैको रीत लेएर

अविरल मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.