परिभाषा


Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

वर्षौ भइसक्यो
मलाई निराशाले बिथोल्न थालेको
मेरो मस्तिष्क
वैचारिक शक्ति अतिक्रमणगरि
निरासाले म भित्र शासन गरेको
वर्षौ भइसक्यो

हिजोआज
निरासा , का तीन अक्षरहरू
मेरै विरुद्धमा
संगठित हुने दौडधुपमा छन्

 

आफ्नै प्रजाति
उदासीनता र ,
बेखुसीसंग सहमतिगरि
शाखा, उपशाखा खोलेर
निरासाले मलाई
नजरबन्द गर्ने योजनामा छ

जीवनरूपी प्यासको आसामा
निरासाका घुट्का प्यूँदा प्यूँदा
म मादक बनेको धेरै भइसक्यो
अब म निरासाको दुर्बेसनीबाट
मुक्त हुन चाहान्छु

मलाई पच्छ्याइरहेर यो निरासाले
मेरो अस्तित्व च्यूत गरिरहेको छ

यदि यो निरासाले जीवनभर साथ छोड्दैन भने
मैले यसलाई प्रयोग गर्नै पर्छ !

म निरासाको विस्तार गर्छु
अब म यस्लाई
कहिले कविता बनाउँछु
कहिले कथा बनाउँछु
म निरासालाई अब फूल भन्छु
अब जून भन्छु

मेरो नशा नशामा बगेको यो निरासा
मेरो धड्कनमा हलचल गर्ने यो निरासा
अब रोपेर मनका बारीभरि
म आशाको फल फलाउँनेछु

अझै कति आउने हो ! आउ निरासा
म तिमीलाई गमलामा रोपेर वार्तलिभरि सजाउनेछु
जति आउँछौ आउ निरासा
म तिमीलाई मेरो आँगनभरि फूलाउनेछु

देउ ! तिमी जो कोहिसंगको
सबै निरासा म खरिद गर्छु
र,
फूलमा परिणत गर्छु !
अब म निरासाको परिभाषा फेरिदिन्छु !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.