हिमा भुसाल ‘प्रकृति’ का केही मुक्तकहरूः

Spread the love

 

Hima, Bhushal, Prakriti, हिमा भुसाल 'प्रकृति' , pallawa, पल्लव

हिमा भुसाल ‘प्रकृति’

मनमा छ कति पिर हाँसेको चित्र कसरी हुन्छ?
मेरै बदनाम गर्ने मान्छे मेरो मित्र कसरी हुन्छ?
आफ्नो स्वार्थ पुरा गर्न मात्रै नजिकिन खोज्ने
भन्नुस त्यस्तो मित्र यो दिल भित्र कसरी हुन्छ ?

सफलता एक मात्र होईन हजार बार मिलोस!
हजुरको खुट्टा तान्नेहरुलाई सधैं हार मिलोस !
आशीर्वाद हजुरलाई जन्मदिनको अनगिन्ती;
कदम कदममा सबैको साथ दमदार मिलोस !

 

पुरा हुँदै जाउन मनका सबै रहर शुभकामना!
चुमिरहनु सँधै सफलताको शिखर शुभकामना!
उपहार दिन असमर्थ छु,आशीर्वाद भरिपुर्ण छ;
चलिरहोस सुख समृद्धि को लहर शुभकामना !

प्रेमका हरेक रंगहरुमा हजुर सँगै रंगीन चाहान्छु
हजुर लाई पर्ने बाधा अड्चन स्वयं लिन चाहान्छु
जन्मोत्सव लाखौं बर्ष मनाउन पाँउ प्रिय,हजुरको
दिर्घायुको निम्ती यो मेरो आयु नै थप्दिन चाहान्छु ।।

अंश मुटु र धड्कनको एक चिरा हुन छोरी
तरकारीमा स्वादिष्ट नुन र जिरा हुन छोरी
छोरी बिनाको घर त औशीको रात नै लाग्छ
पुर्णिमाको जुन झै टल्किने हिरा हुन छोरी ।।

प्यारी अन्टि हजुर हुनुहुन्छ ममताकी खानी!
कहिले नआओस हजुरको आँखामा पानी!
जन्मोत्सवको अनगिन्ती शुभकामना दिन्छु;
सँधैभरी हाँसीखुसी बितोस त्यो जिन्दगानी !

आज एक तस्विर फेर्दिउ फेर्दिउ लाग्यो
मोहोनी मन्तर फुकेर हेर्दिउ हेर्दिउ लाग्यो
दोष मेरो मनको होईन नजरको हुनसक्छ
त्यसैले नैनको घेरामा बेर्दिउ बेर्दिउ लाग्यो ।।

नहेरु भनेपनि जाली नयन खिचिन्छ कि कतै
प्रतिवन्धित सिमा रेखाहरु मिचिन्छ कि कतै
न त अड्कलेर हुने न त जोखेर हुने यो पिरती
आवेगको छल्कोले निर्दोष मुटु थिचिन्छ कि कतै ।।

हजुरको मनले सोंचेको कुरा
कहिल्यै नहोस आधा अधुरा
ईश्वर को आशीर्वाद ले सँधै
खुसी मिलोस हजुरलाई पुरा ।।

ल भन्नुस वलात्कृत बालीकाको चित्कार सुनिदिने को छ ?
सँधै नारीलाई नै दोषी ठान्ने समाजको मुख थुनिदिने को छ ?
मात्र मुखले म साथ दिन्छु भन्ने त तमाम भेटिन्छन हजुर हो;
जवान हुँदा ससम्मान उनलाई जिवनसाथी चुनिदिने को छ ?

हिमा भुसाल ‘प्रकृति’
दाङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *