अन्जु अनु का केही मुक्तकहरूः

Anju, Anu, अन्जु अनु, pallawa, पल्लव

अन्जु अनु

हिरा, जुहारत पाएपछी सुन बिर्सनेलाई के भन्नू ।
घामको उज्यालो पाएपछी जून बिर्सनेलाई के भन्नु।
अहिले बिर्सेपनि कुनैदिन याद खिलबनी सताउनेछ,
थोरै सम्पती कमाएपछी गुन बिर्सनेलाई के भन्नू।

सम्झना आउने अधर बनाउनु भयो।
किन झुक्याएर जहर पिलाउनु भयो।
अमृत हो भनी जहर पिलाउदा पनि ,
भएन त्यो दिल कोमल,पथर गराउनु भयो।

 

उ त्यसै मौन भैदिन्छ म निदाउन सक्दिन।
उस्को मौनताले मनदुख्छ मन रिझाउन सक्दिन।
म आशा राखौ कि भरोशा उ बाट दोधारमा छु,
र पनि उस्को मन वचन ले बिझाउन सक्दिन ।।

बलिन्धारा आँसु पुछ्ने तिम्रो हात हुन्थ्यो भने।
लड्दा खेरी सम्हाल्दिने तिम्रो साथ हुन्थ्यो भने।
साच्चै स्वर्ग मिल्थ्यो होला हाम्रो यो जीवन मा,
मन को भारी बिसाउने तिम्रो काख हुन्थ्यो भने।।

जो माया मा बारबार जल्छ,चुपचाप बस्दैन।
आफ्नो इज्जत सम्झने ले चिप्लो घस्दैन।
खुकुरी ले सायद गर्धन सङ खेलेर होला,
लुटिएको खुशी लाई उस्ले गन्दै गन्दैन ।।

मधुर मुस्कान लुक्यो बाबा हसाउन सकिन।
बिलिन भए रहरहरू रमाउन सकिन।
त्यही डोली चढाएको दिन देखि हजुरहरूले,
साँचोकुरा यहि नै हो भनी बताउन सकिन ।।

दादाभन्दा पनि मैले बाबा को दर्जामा राखेको छु।
सुभकामनाका गुच्छाहरू मुक्तकबाट अर्पेको छु।
हाम्रोनाता अटुट छ मन मुटाब नहोस कहिले,
हजुर बाच्नु युगौयुग भगवानसँग वर मागेको छु ।।

जस्तालाई त्यस्तैगर्न मैले पनि जानेको छु।
चलाएको संस्कारलाई मैले पनि मानेको छु।
अनगिन्ती उपाय छन सहजताले ज्युनलाई,
मनै देखि मैले पनि प्यारेलाई छानेको छु ।।

प्रत्येक दिशा मा ज्युने नयाँ आशा लिएर अघि बढ्नु।
हरेक पल हरेक क्षण केही खास लिएर अघि बढ्नु।
जिन्दगी मा कुनै पनि चिज को कमि महसुस नहोस,
मेरो आत्म मा सरस्वोती को बाँस छ भनि अघि बढ्नु।।

Anju Anu, हालः बर्दिया

One thought on “अन्जु अनु का केही मुक्तकहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.