सिर्जना दाहाल का केही मुक्तकहरूः

Spread the love
Sijana, Dahal, सिर्जना दाहाल , pallawa, पल्लव

सिर्जना दाहाल

बोली राख् तिमी,तिम्रो हर बात मन पर्छ
एउटा तिमी अर्को मलाई यो रात मन पर्छ
प्रायः भुइँको धुलोमै बस्न मन पराउँछु म
किनकि मलाई आफ्नै औकात मन पर्छ ।

दिन्न भन्छौ फेरि दिन्छौ, चोट किन आखिर ?
नभएको पनि देखाउछौ, खोट किन आखिर ?
मैले तिमीलाई यति धेरै माया गर्दा गर्दै पनि
मलाई छोडेर जान्छु भन्ने, अठोट किन आखिर ?

 

जन्म दिनको यो खास पल मुवारक
आखामा बसेको नयाँ सपना मुवारक
जिन्दगीले जे लिएर आएको छ आज
त्यो सबै खुशीको हाँसो सौगात मुवारक ।

माँया प्रेम एकअर्कामा गाँस्दै बिति जान्छ
आजभोलि भन्दाभन्दै हाँस्दै मिति जान्छ
जिन्दगीलाई बुझेर अगाडि बढ्यौं भने
दुनियाको सामु बलियो मनस्थिति जान्छ ।

दुई वचन मिठो बोल्ने मान्छे पराई भएपछि
दिलका सबै कुरा खोल्ने मान्छे पराई भएपछि
अहो! कसरी सोच्न सकिन्छ जीवन एक्लै बिताउन
जीवनका सुख दुखसँगै भोग्ने मान्छे पराई भएपछि ।

मनका सबै कुराहरू बताउन कहाँ सकिन्छ र ?
बिनाकारण तिमीलाई तड्पाउन कहाँ सकिन्छ र ?
सुन्न चाहान्छु पटक पटक तिम्रो मिठो बोली प्रिय ?
कुरामात्रै गर्नलाई बाहाना बनाउन कहाँ सकिन्छ र ?

गुमनाम भएर तिम्रो आँखामा हरार्इ दिम जस्तो लाग्छ
यदि म तिम्रो आँखामा हराए भने तिमीलाई कस्तो लाग्छ ?
कोहि थोरै माया पाउदा पनि जिन्दगी खुशी खुशी काट्छन्
कसैलाई जिन्दगीको बदला जिन्दगी सुम्पिए नि सस्तो लाग्छ ।

 

2 thoughts on “सिर्जना दाहाल का केही मुक्तकहरूः

  1. post garda first sampaadan garera rakheko ramro…

    जन्म दिनको यो खास पल मुवारक
    आखामा बसेको नयाँ सपना मुवारक
    जिन्दगीले जे लिएर आएको छ आज
    त्यो सबै खुशीको हाँसो सौगात मुवारक । tuk Chhaina

    दुई वचन मिठो बोल्ने मान्छे पराई भएपछि
    दिलका सबै कुरा खोल्ने मान्छे पराई भएपछि
    अहो! कसरी सोच्न सकिन्छ जीवन एक्लै बिताउन
    जीवनका सुख दुखसँगै भोग्ने मान्छे पराई भएपछि । tuk Bajhiyo…(milena)

    aru Ramro lagyo….



Leave a Reply

Your email address will not be published. Required fields are marked *