चतुर्वेदी का केही ताङ्का

Spread the love
Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

प्रमुख शेर
भद्र वातावरण
शिखर चुम्ने
संसार आश्चर्यछ
गोर्खा भरिगाटछ।

शिखर वार्ता
दुई शेर प्रभावी
उत्कण्ठ गैह्रो
मानव समुदाय
मिलन मनोभाव ।

 

अहं पुर्जामा
दुव‌ै साथ वार्ताव
मीठो संदेश
प्रतिफल सुस्वाद
प्रतिबल सुन्सान।

समय साथ
विश्व पक्ष विपक्ष
अद्भुत मन
समय उन्कै हात
नियति उन्कै साथ ।

माैन सन्सार
जिज्ञासा प्रतिफल
ईच्छा जागृत
क्रान्तिकारी डरमा
भ्रान्तिकारी वशमा ।

आश्चर्य विश्व
शेर शेर मिलन
भ्रमित शत्रु
निकाय बाटो कस्तो?
सिमाना बाचा कस्तो?? ।

युग युगमा
जन्मिन्छन सारथी
रूप अनेक
कहिले मान्छे बन्दै
कहिले नाथ भन्दै ।

भुभार हर्छन्
उपद्रो अनायास
सिमा नागेर
कतै बाङ्गो बिचार
कतै सोझो प्रचार।

म र मेरोले
नाथ अनाथ भाछ
काल अकाल
सुगति पथ नाङ्गो
सुमति यश बाङ्गो ।

ईश्वर भन्छ
बुद्धि विवेक मन
दया ममता
जन्मनु मर्नु नित्य
राजा अहिर भृत्य ।।

मोहन राज खनाल, म्यान्मार,
(दुवै शेरको शिखर वार्तामा जागेको अलग भाव र चासो)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *