सर्जना कार्की सर्गम का केही मुक्तकहरूः

 

Sarjana, Karki, Sargam, Rukumkot, सर्जना कार्की ‘सर्गम’, pallawa, पल्लव

सर्जना कार्की ‘सर्गम’

आकाशका जुन र तारा झार्ने, विचारमा छु !
साना तिना सबै कुरा टार्ने, विचारमा छु !
पृथ्वी यो लोकमा गाह्रो भयो, जिउन अति !
आकाशतिरै बसाई अब सार्ने, विचारमा छु !!

भन्नलाई कुरा नलगाउ बेर, अनि म पत्याउछु !
समय त्यसै नफाल खेर, अनि म पत्याउछु !
माया गर्छु भन्दै मलाई, मरिहत्ते गर्छौ नि !
पाँच मिनेट सास रोकेर हेर, अनि म पत्त्याउछु !!

 

नहुने त्यो चुरी अनि फुरी, कति होला ?
रेट्दै हिड्ने गर्धनहरू छुरी, कति होला ?
मेरो मनको कौतुहलता, क्यारी मेटौ म !
धर्ती अनि आकाशको दूरी, कति होला ?

फूल अनि पात, सँगै झरेछ्न !
गर्दै मिठा बात, सँगै झरेछ्न !
मात्तिएर प्यारले१, मुक्का हानेकि !
बाङ्गरा र दात, सँगै झरेछ्न !!

कस्ले के भन्छ अब सुन्नुपर्ला, मैले पनि !
हजारौमा एउटालाई त चुन्नुपर्ला, मैले पनि !
पर्‍यो भने एकपटक उम्कनलाई, पाउने छैन !
पिरतिको जाल अब बुन्नुपर्ला, मैले पनि !!

एउटै मुटु हजारसँग, साट्दै हिड्नेको !
कसैको नि भलो नहोस, ढाट्दै हिड्नेको !
पैशा र पावरले कतिन्जेल, लुक्ला पाप ?
नर्ग मै हो बास मान्छे, काट्दै हिड्नेको !!

चोली राम्रो ढाकाको त, गोजी भएर हो !
बढ्नु बढ्यो भाउ तिम्रो, खोजी भएर हो !
झुक्याउन त तिमीले, झुक्यायौ नि बेसरी !
रुक्मेलिकी छोरी म त, सोझी भएर हो !!

नजान्नु थियो तिम्रो बारेमा जानेर, गल्ती गरे !
सबै भन्दा नजिकको मान्छे ठानेर, गल्ती गरे !
भन्दै गयौ मन पेट खोली, सबै स्विकारे मैले !
आफ्नै सम्झी तिम्रा सबै कुरा मानेर, गल्ती गरे !!

यति साह्रै किन तिमी, झल्ला बनेको ?
बिर्सियौ र कान समाई, चल्ला बनेको ?
आउदै छौ अरे जाँडको, घ्याम्पो बोकेर !
साँच्चै हो कि त्यसै हो, हल्ला चलेको ??

सर्जना कार्की ‘सर्गम’
सिस्ने– ५, रुकुमकोट रुकुम पुर्व

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.