धन !

Spread the love
Rita, Khatiwada, रिता खतिवडा, pallawa, पल्लव

रिता खतिवडा

मान्छेले सुख पाउँदैन धनले भन्ने कुरा आउँछ
मान्छेले धनबाट भोग सुखको आधार सिर्जाउँछ
येस्ले टार्दछ मृत्यु नै भनु भने आफै स्वयं काल हो
योनै काल बुझूँ भने पनि यही जिवन्तको ढाल हो

हो यो मूर्ख बनाउने येदि भने यो ज्ञान सिर्जाउँछ
हो यो ज्ञान स्वरुप नै यदि भनेउन्मत्त यै पार्दछ
आनन्दै यसबाट प्राप्ति छ भने पीडा येही पोख्दछ
पीडा नै येसले दिलाउँछ भने तत्काल बिर्साउँछ

 

के होला धन यो अपार महिमा जान्ने यहाँ के गरि
पैसा खातिर जे गरिन्छ जगमा मान्छे बनी तस्करी
हो यो साधन मात्रको धन भने यो साध्य कस्ता हुने
साध्यै हो सबको भनैा धन भने हो अन्तत नाशिने

मर्दा साथ कदापी जान्न धन यो थाहा छ ता तै पनि
मर्नेले दुई हात खाली छ भनी दर्शाउँ चन् त्यो पनि
जन्म्यो नग्न र नाङ्गिई मरणको साक्षी चितानै हुने
आर्जेका धन धान्य वैभव कुनै जाँदैन कैल्हे पनि

यैाटा नाटक शृङ्खला छ सबको भै मन्च उत्घाटन
खेल्यो खेल मिल्यो जसो जगतमा पर्दा छ उध्या पन
कोही नर्तक बन्दछन् सजिधजी हुँ नै म सोही भनी
खेल्छन् नाटकमा जसो त्येही गरि सिद्दिन्छ हाम्रो जुनी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *