देवराज जोशी “खाल्टेली” का जोर कविता

Spread the love
Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

१) नेपाल झण्डा सधैँ
झुल्के घाम विहान सुन्दर बडो देखिन्छ लालीमय
टाढाको पथमा विदेश रसमा यात्रा छ मिल्दो लय
पाईदैन अरू कतै मिलनमा खोजेर हेर्दा कतै
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।१।।

राताम्मे छ गुराँस माथि हिमको शोभा वढेको कति
डाँफेको छ सुरम्य नाच वनमा लोभिन्छ आँखा जति
नेपाली मनमा छ एक लयमा सद्भाव ठूलो सधैं
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।२।।

 

भाषाको गरिमा उचो छ नभमा नेपाल चिन्ने गरि
बुद्धको उपदेश शान्ति पथमा वढ्दो छ विश्वै भरी
गोलावारुदको विकल्प अहिंसा गाथा छ वाढ्दो सवै
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।३।।

युद्धको गढमा डटेर सहसा खोज्दो छ शान्ती पथ
युद्धको वदला दिएर ममता मेट्दो छ भ्रान्ती पथ
नेपाली सहसा लिएर नभमा हिड्दो छ झण्डा जसै
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।४।।

आभामा उपहार देश नभमा ठूलो छ गाथा गरि
नेपाली जनको विशेष महिमा वल्दो छ ज्वाला सरि
सूर्यचन्द्र रहे सम्म फहरिने नेपाल झण्डा सधैं
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।५।।

२) “पापी कसै हुन्न म”
माछा – मासु सबै विछोड गरियो खाँदै नखाने भएँ
हिंसाको पथमा म जान्न अबता प्राँणी नढाल्ने भएँ
यौटै हुन् सब नै विचार मनमा पापी कसै हुन्न म
हान्दै हान्दिन मार प्राण सवको हत्या हुनै दिन्न म ।।१।।

रातो नै सवको हुनेछ खुनमा देखिन्छ भिन्दै कता
देवीको मनसा पुरा छ कसरी काटेर प्राणी कता
आफ्नो भाकल मूक प्राण अविधा वन्दो छ खाने जग
ठोकेरै खुलसा म गर्छु अधर्मी वन्दै छ सारा सव ।।२।।

पश्चाताप गरें सडेछु पहिला खान्थे मिठो मासु म
आधा नै सकियो उमेर लहमा वुझ्दै नवुझ्ने हुँ म
पापीको हुलमा पसेछु सहसा जान्दै नजान्ने हुँदा
सादा जीवनमा छ उच्च वसुधा राख्दो छु आशा सुधा ।।३।।

देवीको चरणारविन्द विटुलो पार्ने हुन् पापी मन
हत्याको वलियो चिराग अगुवा पूर्खा नि साक्षी जन
के होला फलिफाप खै जगतमा वढ्दो अशान्ती झन
हेर्दामा मसिहा जमात कलिमा ढाक्दो छ पापी पन ।।४।।

खाऔं साग र पात हुन्छ वढिया लाग्दैन पापै पनि
प्राणीको सखिया वनेर नभमा बाँचौ न हामी पनि
पापीको कसिमा परेर यमको कोर्रा नखाऔं भनी
बाँचौ बाँच्न दिऊँ गरेर ममता आफ्नै हुन् साथी भनी ।।५।।

छन्द : शार्दूलविक्रीडित
Dev Raj Joshi
रचना: देवराज जोशी “खाल्टेली”
ठेगाना: भानु न.पा.- ११, खाल्टे, तनहूँ
रचना मिति: २० जेष्ठ, / २१ जेष्ठ २०७५

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *