कृष्ण शरण उपाध्याय का तीन कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

आगो जीवन को अझै ज्वलित होस् ,दुर्भाव सारा जलून् !
अन्तर्व्याप्त निशानिशा गलित होस् ,प्रज्ञा सितारा बलून् ।।
रागद्वेष धुवाँ बनीकन उडोस् ,मात्सर्य पग्ली झरोस् !
लोभी सोच धुलोधुलो हुन पुगोस् ,आक्रोश पाखा परोस् !!

काला बादल मेटियून् हृदय का,तीता र टर्रा पल !
चोखा भाव बगून् बनेर सरिता,नारायणी निर्मल !!
मुस्काऊन् रवि तामसी तम चिरी,आभा छरी मिर्मिरे !
आत्माराम बनी रमाउन सकूँ,सुन्दै चरी चिर्बिरे !!!

 

हाँसून् भव्य हिमाल स्वर्णिम छटा,आभा खुलाईकन !
झर्ना फेनिल दुग्ध झैँ बगिरहून्, शोभा दिलाईकन !!
हेरून् पर्वत ले सदैव हरिया , साडी लगाईकन !
यो हेरी शुभ कर्ममा डटिरहूँ, निद्रा भगाईकन !!

काव्योर्जा पनि गण्डकी सरि बगोस्, सञ्चेतना सिञ्चिँदै !
आँधी ल्याइदिने सशक्त कविता धारा नयाँ सिर्जिँदै !!
उत्साही तन होस् विशुद्ध मन होस्, होऊन् दह्रा पाखुरा !
अन्यायी जनका अधर्म पनका, काटी उखेलूँ जरा !!
छन्दः शार्दूलविक्रीडित

२) “हावा ! तँ उडाइदे!”
ए हावा ! तँ उडाइदे घनघटा,भत्काइदे कालिमा !
या तानेर चुँडाइदे शिवजटा,या ल्याइदे लालिमा !!
तेरो निष्क्रियता सँगै हुन गयो,यो देश बाँझो अझै !
केही उन्नति को मिला न गहिरो,चाँजो र पाँजो अझै !!

द्यौराली अझ छन् निराश बिचरा,पर्खी बसेका यहाँ !
लेकाली मुटु का उदास टहरा,चर्की बसेका यहाँ !!
कोही एक जगाइदे मुलुक को , सच्चा कलाकार तँ !
केही गर्न लगाइदे र बनिदे , समृद्धि – आधार तँ !!

यो संसार जसो गरी अघि बढ्यो,त्यो गर्न उत्साह दे !
आफ्नो देश जुरुक्क बोक्न बल दे!या प्यास दे!चाह दे !!
तेरो वेग लिएर चुम्नुछ चुली,यो देश ले शीघ्र नै !
सारा बन्द कपाट जानुछ खुली,यो देश का तीव्र नै !!

तैंले रोग र भोक शोक जति छन् ,तीती बढार्नू सबै !
घाती सोच उडाउँदै डहर मा , फाली खँदार्नू सबै !!
तेरो देश युगौँ भयो अझ उही ,दीनत्व ले युक्त छ ।
चारै तर्फ अभाव ले अगति ले,हीनत्व ले युक्त छ !!

तानाशाह बनेर उठ् बरु यहाँ ,केही न केही त गर् !
सच्चा भक्त बनेर जुट् मुलुक मा,केही न केही त गर् !!
तेरो साहस शक्ति को प्रखरता,खोज्दैछ यो देश ले !
तेरो उत्तम भक्ति को प्रबलता,खोज्दैछ यो देश ले !!

छन्दः शार्दूलविक्रीडित

 

३) “सदिच्छा”
आगो जीवन को अझै ज्वलित होस् ,दुर्भाव सारा जलून् !
अन्तर्व्याप्त निशानिशा गलित होस् ,प्रज्ञा सितारा बलून् ।।
रागद्वेष धुवाँ बनीकन उडोस् ,मात्सर्य पग्ली झरोस् !
लोभी सोच धुलोधुलो हुन पुगोस् ,आक्रोश पाखा परोस् !!

काला बादल मेटियून् हृदय का,तीता र टर्रा पल !
चोखा भाव बगून् बनेर सरिता,नारायणी निर्मल !!
मुस्काऊन् रवि तामसी तम चिरी,लाली छरी मिर्मिरे !
आत्माराम बनी रमाउन सकूँ,सुन्दै चरी चिर्बिरे !!!

हाँसून् भव्य हिमाल स्वर्णिम छटा,आभा खुलाईकन !
झर्ना फेनिल दुग्ध झैँ बगिरहून्,शोभा दिलाईकन !!
हेरून् पर्वत ले सदैव हरिया , साडी लगाईकन !
यो हेरी शुभ कर्म मा डटिरहूँ,निद्रा भगाईकन !!

काव्योर्जा पनि गण्डकी सरि बगोस्,सञ्चेतना सिञ्चिँदै !
आँधी ल्याइदिने सशक्त कविता धारा नयाँ सिर्जिँदै !!
उत्साही तन होस् विशुद्ध मन होस् ,होऊन् दह्रा पाखुरा !
अन्यायी जन का अधर्मपन का,काटी उखेलूँ जरा !!

छन्द: शार्दूलविक्रीडित
कृष्ण शरण उपाध्याय
देवघाट, चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.