लक्ष्मी भाटका केही मुक्तकहरूः

Spread the love
Laxmi, Bhat, लक्ष्मी भाट , pallawa, पल्लव

लक्ष्मी भाट

भमराको चुम्ने ढङग सापटी मागेर
इन्द्रेणीको सातै रङग सापटी मागेर ।
दिउँला तिमीलाई सधैँ पिर्या अथाहप्यार,
रोमीयो र मज्नु सँग सापटी मागेर ।।

आमा सँगै घास जाने त्यो वन उसै छ
सानो कुरा भन्दा रुने त्यो मन उसै छ ।
सोच्लीन मेरी प्यारी आमा कस्ती भाहो छोरी,
तनाव हुँदा दुब्लाउने त्यो तन उसै छ ।।

 

कतै हत्या कतै हिंसा कतै बलत्कार
हुन थाले बुवैबाट छोरी बलत्कार ।
अपाङग बालिका अनि आमा बुहारी,
खुलेयाम हुन थाले यहाँ बलत्कार ।।

काम धन्दा गर्नै पर्छ गाँउमा बसेपछि
जिवनशैलि फेर्नै पर्छ गाँउमा बसेपछि ।
रितीथिती भेषभुषा, अनि भाषाशैली,
सबै कुरा हेर्नै पर्छ गाउँमा बसेपछि ।।

तिमी जुन म तारा बनौला कान्छा
सुन्दर सहरमा हामी रमौला कान्छा ।
बिचार धारा नमिले नि भेट हुँदा हाम्रो
मायाका कुरा पक्कै गरौला कान्छा ।।

युवा जति सरासर साउदि दुबई खाडी
मातृ भुमि नेपाललाई लथालिङ्ग छाडी ।।
कसरी होला हाम्रो नेपाल यसरी समुद्घ,
खेती कृर्षानी गर्ने ठाँउ बनाएर झाडी ।।

सिन्दुर पोते चुरा धागो किने हुन्छ अब ,
यो कुरा बा आमालाई छिने हुन्छ अब ।
मन पराको जिवन साथी भेट्टाछु भनेर,
निम्तो भन्दै सबैलाई हिने हुन्छ अब ।।

हिडदा हिडदै थाकि सके मेरा पाइलाहरू
सयौ चोटि गडि सके मेरा पाइलाहरू ।।
अब त आस पनि छैन् अघि जाने
बेचैन भइ लडि सके मेरा पाइलाहरू ।

तिम्रै यादमा हरपल मेरो दुखेको छाती
कति माया गर्छौ भनि नसोधेकै जाती ।।
मुना मदन लैना मज्नु अरु यस्तै जोडी,
पछि पारी जाने मन छ पुर्णिमाको राती ।।

बसेकि छु चौतारीमा पर्खेर कुनैलाई
हास्दै हेर्दै आकासको जुनतारा उनैलाई ।
बिन्ती गर्छु हे भगवान,माता परमेश्वर,
भेटाइ देउ छिटै मेरो गितको धुनैलाई ।।

(लक्ष्मी भाट, बैतडी, ५ बर्षदेखी निरन्तर मुक्तक रचनामा सकृय, बिगत दुई बर्षदेखी रेडियो सारथी, दार्चुलामा कार्यरत हुनुहुन्छ)
स्रोतः सुदूर समाचार डट कम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *