यसो भनौ हामी मिलेर

Shobha, Kafle, Khatiwada, शोभा काफ्ले खतिवडा, pallawa, पल्लव

शोभा काफ्ले खतिवडा

म मेरो मनको हरेक पत्र,पत्रहरूबाट नै;

यो देशको मायाँ मात्र खोजेर ल्याउँछु !
मनका भावमा मायालुको मायाँ जस्तै
मेरो देशको मायाँको गीत पनि गाउँछु !!

चन्द्र ,तिम्रो स्वरुपको उज्यालो पनलाई
म मेरो भाव भरी लुकाएर मायाँ लाउँछु !
उज्यालो सूर्यको कला र गुण यो देशमा
हरपल पोखियोस् अव म यही चाहन्छु !!

 

म नेपाली हुँ ;म पौरखी पनि छु है भनेर ;
यो जगतलाई मेरो समृद्द देश चिनाउँछु!
मेरो देशको सिमा कति अटुट छ है भन्दै
हिमालबाट पाहाड अनि तराई देखाउँछु !!

हामी हिमाली त्यो हिमालबाट पाहाड र
तराईसड्ग पो सुन्दर मितेरी नै गाँस्छौँ!
तराई बासी नेपाली जति सबै मिलेर नै ;
हिमाल र पाहाडको पानी चिसो पिउँछौँ !!

छन है किल्ला हाम्रा यो मुटु भित्र भित्र;
देशको सिमामा गाडिएका सुन्दरचित्र!
कोही पराइले उखेल्न खोजेमा रगतको
छिटा हामी बगाउँदछौ नि यो देश भित्र !!

यो माटो हाम्रो पृथ्वी भरीमा छ स्वर्ग झैँ
पवित्र ,सुन्दर कति अपूर्व र अमुल्य नै !
यसको जतन गरेर हामी देश जोगाऊँ
यो मन यहि कुरा बाँचुन्जेलसम्म भन्छ !!

तिमी त्यो दिलको पत्रहरूबाट मलाई
न्यानो मायाँ धेरै खोजेर नै ल्याईदेऊ !!
म तिम्रालागि विजयका सत्मार्गहरू
कोरेरसँधै मनमा जतनले राख्छु !!

मुटुलाई साक्षी राखेर भन्छु दिल भरी
मेरो देश मात्रै जगमगाएको मात्र छ!
म यो हृदयको कुनालाई यसै सोध्छु
मुटुभरी भरी मायालु तिमी मात्रै छौ !! ८

जगतमा सुन्दर देश कतै भए हाम्रो
हिमालको शिखर नै तिमी सँधैलहेर!
पाहाडको चट्टान झैँ छातीका स्वरुप
कति अपूर्व छन् यो हृदयले बुझ्ने गर !!

जता म हेर्छु यी नयनहरूले क्षितिजसम्म
यो मेरो प्यारो देश मात्र नै लम्पसार छ
तर मेरो मुटुमा यसो टोलाई हेर्छु मात्रै
तिमी नै तिमी यहाँ भरी छाएको छौ!

मलाई मेरो देशको पवित्र माटोले
यो मनको श्रृड्गार गर्नु पनि छ!
हृदयको कोमल कुनामा ढकमक्क
लाली गुराँस सुनाखरी फुलाउनु छ!

चाहिदैन् कुनै पनि श्रृड्गार मलाई ;
विहानी घामको लाली जव लाग्छ !
चाहिँदैन कुनै अलड्डकार शिरमाथी
जव हिमाल नै मकुट झैँ सजिन्छ !

हिराको हाँसो हिमालमा म हाँसौ
पाहाडको गुन्यु म गुराँसको लगाऔँ!
नेपाली भावना यो दिलले पोखी मेरो
भूमिको हरपलशव्दको गीत गाऔँ !!

मनको मेरो यो भाव भरी नै यो देश
नै देशको भाका सुन्दर योमनै भरी छ!
नेपाली भूमि यो जगतले नै चिनोस् ;
चाहना यसको सम्बृद्दिको मनभरी छ !!

हामी नेपाली यदि मिलेनौ भने यो देशको
सिमालाई पराइले टेक्न सक्छन् !
नेपालीको त्यो स्वाभिमानी नामलाई
सगरमाथा भन्दा हामी माथी लान सक्छौँ !!

Suba

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.