बुढो समयको

baburam, shrestha, yatri, Yatree, बाबुराम श्रेष्ठ "यात्री", pallawa, पल्लव

बाबुराम श्रेष्ठ “यात्री”

आकाश कालो लाग्छ
बादलका चादनी घेरा देखिदैन
घाम चिसा छन् धरती मलिन छन्
सम्बन्धहरू तुवालाले ढाक्दै छन्
बिहान- बिहान जस्तै लाग्दैन
रात- रात जस्तै लाग्दैन
एक्लिएर
सम्झनाका तातिहरू एककोहोरो खनिइहन्छ
मयालुहरूले मानसपटलमा काउकुती लगाइरहन्छ
अपसोच! सपनाहरू खडेरीमा छ्न्
बिपनाहरू रेस्ट्मा छन्
भबिस्यहरू बेठेगानमा छन्
बिचरा ! बूढो समयको

 

कुनै बेला उसको साहसले
हजारौं पटक सगरमाथाहरू पैतालामा हुन्थे
कयौं अरुणका गल्छिहरू निमेशभर वारपार हुन्थे
लेकका गुराँसहरू बटुलेर सयौ यात्रीहरूको हातहात्मा थमाइ दिन्थे
साथमा एक मुस्कान काफी हुन्थे
भोगहरूमा एसेलु पातको दुनोभरी रमाइ रहदा
रसिलो अमलाले पानीको प्यास मेट्दा
सन्सार र भरिका खुसिहरू आफ्नै पोल्टामा परे जस्तै
सम्बन्धहरू
कहिले हिमाल
कहिले पहाड
कहिले तराई
झर्ने /चद्ने ओहोरदोहोर हुन्थे
चलेका ताता बाफहरूलाइ त्यो सिरिरिर बतासले शुद्धीकरण गरेर
आनन्दका पलहरू फर्लक-फर्लक पल्टाइ रहन्थे
यसरी स्वभिमानको पोका खोलिइरहन्छ
बढो समयको

पासपोर्ट र राहदानीको बजारले
आकाशमा चील उड्छ बथानका बथान मान्छेहरू बोकेर
तिनिहरू झ्यालका सिसाबाट चिहाउछन
र गौरब गर्छ यसरी उडिरहदा
पसिना खाडीमा बेचिन्छ
इमान खाडिमा बेचिन्छ
उमेर खाडिमा बेचिन्छ
चालीस कटेसी घरबार सम्झन्छ
यता घरको पाली चुहिरहन्छ
ढुकुटि मुसाले खनिरहन्छ
घरमा केटाकेटी/बुडाबुडी मात्र छ
खेत बाजो छ पटपट फुट्छ
जसरी आज घाला पटपट फुटिरहेछ
बढो समयको

बेकारका छन् आजभोलिहरू
स्वार्थमा रुमल्लेका छन्
उ पिच्छ थुक्छ आजभोलिहरूलाइ
जसले तानाबानाहरू कोठामा बुनेर
मान्छेका मनहरू बारम्बार भत्काइरहेछ
असन्तुलित जिन्दगीहरू बजारमा फिजाएर
बेरोजगारी कारखानाहरू खोलिरहेछ
घरघरको दुरी बडाइ रहेछ
हिजो एकछाक जोहो गर्नेहरूको नियती आज उस्तै
तर बेइमानिहरू क्यासिनोबाट आकाश छुने दाउ हानिरहेछ
यति ठोलो खाडल
मेरै देशमा
देशका सिमानामा दिउसै बलात्कृत छन
तर आजभोलिहरू बारमा कक्टेल पार्टीमा जमिरहेछ
परिकार परिकारका सेटमा हासोका सिजलर्हरू झ्वाइ-झ्वाइ पारिरहेछ
हातखुट्टा बाधेर लडाएको
एक कुनामा घाइते शरीर
हो बढो समयको

बेथितिहरू यतिबिग्न जो लामबद्द छन्
शहर हुँदै गाम छिरेका छन्
दुब्लाहरू मोटा हुँदै गाका छन्
कोहि बेतालमा जिन्दगीको बासुरी बजाइरहेछ
बेसुरमै धुन निस्कन्छ कि
अहोरात्र प्रयासमा छन्
बहुरुपी मान्छेका चर
आकाश कालो लाग्छ
बादलका चादनी घेरा देखिदैन
घाम चिसा छन् धरती मलिन छन्
सम्बन्धहरू तुवालाले ढाक्दै छन्
बिहान- बिहान जस्तै लाग्दैन
रात- रात जस्तै लाग्दैन
एक्लिएर
सम्झनाका तातिहरू एककोहोरो खनिइहन्छ
मयालुहरूले मानसपटलमा काउकुती लगाइरहन्छ
अपसोच! सपनाहरू खडेरीमा छ्न्
बिपनाहरू रेस्ट्मा छन्
भबिस्यहरू बेठेगानमा छन्
बिचरा! बूढो समयको

कुनै बेला उसको साहसले
हजारौं पटक सगरमाथाहरू पैतालामा हुन्थे
कयौं अरुणका गल्छिहरू निमेशभर वारपार हुन्थे
लेकका गुराँसहरू बटुलेर सयौ यात्रीहरूको हातहात्मा थमाइ दिन्थे
साथमा एक मुस्कान काफी हुन्थे
भोगहरूमा एसेलु पातको दुनोभरी रमाइ रहदा
रसिलो अमलाले पानीको प्यास मेट्दा
सन्सार र भरिका खुसिहरू आफ्नै पोल्टामा परे जस्तै
सम्बन्धहरू
कहिले हिमाल
कहिले पहाड
कहिले तराई
झर्ने /चद्ने ओहोरदोहोर हुन्थे
चलेका ताता बाफहरूलाइ त्यो सिरिरिर बतासले शुद्धीकरण गरेर
आनन्दका पलहरू फर्लक-फर्लक पल्टाइ रहन्थे
यसरी स्वभिमानको पोका खोलिइरहन्छ
बढो समयको

पासपोर्ट र राहदानीको बजारले
आकाशमा चील उड्छ बथानका बथान मान्छेहरू बोकेर
तिनिहरू झ्यालका सिसाबाट चिहाउछन
र गौरब गर्छ यसरी उडिरहदा
पसिना खाडीमा बेचिन्छ
इमान खाडिमा बेचिन्छ
उमेर खाडिमा बेचिन्छ
चालीस कटेसी घरबार सम्झन्छ
यता घरको पाली चुहिरहन्छ
ढुकुटि मुसाले खनिरहन्छ
घरमा केटाकेटी/बुडाबुडी मात्र छ
खेत बाजो छ पटपट फुट्छ
जसरी आज घाला पटपट फुटिरहेछ
बढो समयको

बेकारका छन् आजभोलिहरू
स्वार्थमा रुमल्लेका छन्
उ पिच्छ थुक्छ आजभोलिहरूलाइ
जसले तानाबानाहरू कोठामा बुनेर
मान्छेका मनहरू बारम्बार भत्काइरहेछ
असन्तुलित जिन्दगीहरू बजारमा फिजाएर
बेरोजगारी कारखानाहरू खोलिरहेछ
घरघरको दुरी बडाइ रहेछ
हिजो एकछाक जोहो गर्नेहरूको नियती आज उस्तै
तर बेइमानिहरू क्यासिनोबाट आकाश छुने दाउ हानिरहेछ
यति ठोलो खाडल
मेरै देशमा
देशका सिमानामा दिउसै बलात्कृत छन
तर आजभोलिहरू बारमा कक्टेल पार्टीमा जमिरहेछ
परिकार परिकारका सेटमा हासोका सिजलर्हरू झ्वाइ-झ्वाइ पारिरहेछ
हातखुट्टा बाधेर लडाएको
एक कुनामा घाइते शरीर
हो बढो समयको

बेथितिहरू यतिबिग्न जो लामबद्द छन्
शहर हुँदै गाम छिरेका छन्
दुब्लाहरू मोटा हुँदै गाका छन्
कोहि बेतालमा जिन्दगीको बासुरी बजाइरहेछ
बेसुरमै धुन निस्कन्छ कि
अहोरात्र प्रयासमा छन्
बहुरुपी मान्छेका चरित्रहरू बाटा-बाटामा फिजारेर
मान्छे स्वयम समयलाइ जबर्जस्ती
बूढो बनाइरहेछ ।

बाबुराम श्रेष्ठ “यात्री”
shresthababuram402@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.