लोचन भट्टराई का जोर गजल

Lochan, Bhattarai, लोचन भट्टराई, pallawa, पल्लव

लोचन भट्टराई

गजल– १,
ढोल बजायो ताली बजायो थाहै भएन ।
हाम्रो देशमा गणतन्त्र आयो थाहै भएन।।

अपराधी हरूले फूलको माला किन पायो ,
के को लागि अदालत बनायो थाहै भएन ।।

हो! बनाउनै थियो भने गोठ बनाउनु पर्नेछ ।
सुरक्षा गर्नेहरूले गोरु समायो थाहै भएन ।।

 

स्वाभिमान लुटियो भन्छौ अस्मिता लुटियो ।
जिउँदो गणतन्त्र मसान पठायो थाहै भएन ।।

युद्धको आहुती अँझै भुलेका छैनन् बिरले ।
सुतेका सहिद पो फेरि जगायो थाहै भएन ।।

गजल– २,
चाहिदैन तिम्रो गणतन्त्रको सरकार यहाँ ।
भएकोछ हत्यारा बलत्कारी फरार यहाँ ।।

रगतको होलिमा रमाइलो बनाउने तिमी ।
मन्दिर जस्तो किन बनायो कारगार यहाँ ।।

यो कस्तो लोकतान्त्रिक गणतन्त्र होला ?
र्निदोश पर्छ जेलभित्र फुकुवा गद्दार यहाँ ।।

चोरी डकैती कोलाहल भएका भएई छन् ।
खै कीन? आएन गरिब मारेको समचार यहाँ ।।

आयो त के आयो हाम्रो नजर अगाडिबाट ।
हत्या काण्ड गरे पछि दिएको उपहार यहाँ ।।

लोचन भट्टराई,
टिकापुर, कैलाली,
हालः भारत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.