बहरबद्ध गजल

Spread the love
Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

असाध्यै छ ठाडो सिँढी जिन्दगीको
म थाकेँ उकालो हिँडी जिन्दगीको ॥

नभोगेर रोमाञ्च उल्लास के हो
कुरेरै बिताएँ पिँढी जिन्दगीको ॥

रुवाको भुवादार गद्दा कहाँ छ
पराले छ खस्रो बिँडी जिन्दगीको ॥

 

भयो शून्य मात्रै हरे हातलागी
चुनौतीहरूमा भिडी जिन्दगीको ॥

किनारा बलौटे छ ढुङ्गेन मात्रै
कहाँ रैछ बेनी रिडी जिन्दगीको ?

न कौसी न छानो धुरी वा गजूर
सधैँ भोगियो यो छिँडी जिन्दगीको ॥

बहरे मुतकारिब मुसम्मन सालिम
छन्दः भुजङ्गप्रयात
— गिरिराज जोशी
२०७५.०२.०५ मा रचित

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *