गजल

Spread the love
Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎, pallawa, पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरव

मुस्किल छ मलाई पैसा कमाउन मुस्किल छ
बाबा-आमाको सम्पत्ति बचाउन मुस्किल छ

महिनौंसम्म मरिमेटि काम गरेपनि परदेशमा
भनेजस्तो तलब सुविधा पाउन मुस्किल छ

कयौं चाडपर्वहरू एक्लै बिताएँ परिवार बिना
अझैं यो दसैं तिहारमा घर आउन मुस्किल छ

 

गाउन त कविता गाएँ,गजल गाएँ र गीत गाएँ
तर जिन्दगीमा एउटा कथा गाउन मुस्किल छ

तिमी लाली- पाउडरका कुरा नगर ए ललिता
यहाँ दारी काट्ने सामग्री जुटाउन मुस्किल छ

भन्न त सबैले भन्छन् गौरव धेरै कमाइस् यार
परदेशमा डोको र नाम्लो उठाउन मुस्किल छ

– गजेन्द्रप्रसाद अवस्थी गौरव
– पाटन नपा३गौडाली,बैतडी
– २०७४ पौष १४ गते शुक्रबार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *