उर्मिला कार्कीका केही मुक्तकहरूः

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

हेर्ने भन्दा बढी कुरा गर्छन् तिम्रा आँखाहरू
धेरै धेरै पिरतीका रङ् छर्छन् तिम्रा आँखाहरू
भोक, तिर्खा दुःख, दर्द, पीडाहरू मेटाएर
इच्छा पूरा नभएमा तर्छन् तिम्रा आँखाहरू।।

भन, तिमी कुन शहरमा हराउँदै छौ ?
कि कतै समुद्रको बगरमा हराउँदै छौ !
म पलपल तिम्रै यादमा तड्पिरहँदा,
तिमी चैं कसैको नजरमा हराउँदै छौ ।

 

भन्न कान्छा अब बिहे गर्ने कहिले होला
सादा सिउँदोमा रङ्ग भर्ने कहिले होला ?
बाबा-आमा सबै सँग कुरा चलाउ अब
तिम्रोघरमा मेरो डेरा सर्ने कहिले होला ?

राती राती एकान्तमा मिसकल हान्छु नभन
एक्लै हिड्दा दोबाटोमा सधैँ तान्छु नभन !
आफ्नो अस्तित्वलाई कसै गरि लुटाउ छैन
कसैको म सम्पती हूँ मलार्इ लान्छू नभन ।।

तिमीसँगै जिन्दगीको घर बनाउन मन छ
तिम्रो अनि मेरो एउटै थर बनाउन मन छ
वारी म पारी तिमी कतिन्जेल एक्लै बस्नु
पिपल सँगै देउरालीमा वर बनाउन मन छ ।।

कति राम्रो हेराई तिम्रो हेरीरहुँ जस्तो लाग्छ
मुटु भित्र तिमीलाई नै बेरीरहुँ जस्तो लाग्छ
कस्काछोरा कस्कानाति, साह्रै सुन्दर तिमी
तिम्रैतस्बिर जिन्दगीमा केरीरहुँ जस्तो लाग्छ।।

गडौली, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.