सबै तहका सङ्काय र कक्षाहरूमा प्रयोजनपरक नेपाली सबै तहका सङ्काय र कक्षाहरूमा प्रयोजनपरक नेपाली

dr., dhanpati, koirala, kawasoti, डा. धनपती कोइराला, pallawa, पल्लव

डा. धनपती कोइराला

वर्तमानमा पनि नेपाली भाषालाई उपेक्षा गर्ने क्रम यथावत् छ । खासगरी नेपालीहरूमा अङ्ग्रेजी र हिन्दी भाषाप्रतिको मोह दिनप्रतिदिन बढ्दै गएका कारण नेपाली भाषा सङ्कटमा परेको हो । हाम्रो मुलुक अल्पविकसित देश भएकाले शिक्षा, रोजगारी र सुख सुविधाको खोजीमा सम्भ्रान्त मुलुकहरूमा पलायन हुने क्रमसँगै नेपाल र नेपाली भाषाप्रतिको सम्मान र प्रेमभावमा पनि कमी आएको छ । एकातिर अङ्ग्रेजी बोल्न सक्नुलाई गुणस्तरीय शिक्षा प्राप्त गरेको ठान्ने प्रवृत्ति र अर्कोतिर सिङ्गो तराईमा हिन्दीलाई नेपालको सम्पर्क तथा राष्ट्रभाषा बनाउनुपर्ने माग जोडतोडले उठ्नु नेपाली भाषाका निम्ति दुःखद विषय बनेको छ ।

 

वि.सं.२०१४ सालमा शिक्षामन्त्री भएका लक्ष्मीप्रसाद देवकोटाले ‘अबउप्रान्त माध्यमिक तहको पठनपाठनको माध्यम भाषा नेपाली हुने’ (शर्मा र पौडेल, २०६८ः १७) भनी जारी गरेको विज्ञप्तिपछि पठनपाठनको माध्यम भाषा नेपाली सुनिश्चित बनेको पाइन्छ । वि.सं.२०१६ सालमा स्थापित त्रिविले पनि यसलाई महत्त्व दियो र पठनपाठनको माध्यम बनायो (पूर्ववत्) । फलतः अङ्ग्रेजी बाहेकका विषयहरू नेपाली भाषामा नै अध्ययन अध्यापन हुन थाल्यो । नेपालमा भएका सानाठूला राजनीतिक परिवर्तनपछि बनेका आयोगहरूले पनि यसलाई उत्तिकै महत्त्व दिए । तर, २०२८-३२ मा गठित आयोगका माध्यमबाट माध्यमिक तहको शिक्षण माध्यम नेपाली र उच्च शिक्षाको माध्यम सामान्यतः अङ्ग्रेजी हुने नीति लिए -सम्पा. कोइराला, २०७४ः ३४८) नि पञ्चायतकालीन एकद्वार नीति अनुरूप नेपाली भाषालाई संरक्षण र सम्बर्द्धन गर्ने कार्यले उल्लेख्य गति लियो । नेपाली विषयमा  शिशु कक्षादेखि स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुनुका साथै विद्यावारिधि उपाधिका निम्ति शोधकार्य हुन थाले -ढकाल र खतिवडा, २०६९ः १९-२६)। अन्य विषयका शोधकार्यहरू पनि नेपाली भाषामा नै हुन थालेको पाइन्छ । विश्वविद्यालयले पनि प्रमाणपत्र तहका कला, कानुन, शिक्षा, विज्ञान, वाणिज्य, अभियान्त्रिकी आदि सङ्कायहरूमा अनिवार्य नेपाली विषयको पाठ्यक्रम लागू गरियो । तर, स्नातक तहमा भने कला र शिक्षा बाहेकका सङ्कायमा अनिवार्य नेपालीलाई निरन्तरता दिइएन । कला सङ्कायले पनि नेपाली भाषाको मानमर्दन गर्ने काम अद्यापि गरिरहेको छ । यी सङ्कायका प्रथम र द्वितीय दुवै वर्षा अनिवार्य विषयका रूपमा १००/१०० पूर्णाङ्क गरी २०० पूर्णाङ्कको अङ्ग्रेजी विषयको पाठ्यक्रम लागू गरिरहँदा अनिवार्य नेपाली विषय भने १०० पूर्णाङ्कको मात्रै पाठ्यक्रम समावेश गर्नुलाई हेपाहा नीति नभने के भन्ने – शिक्षा सङ्कायले पनि हरेक वर्षा प्रयोजनपरक विषयका रुपमा नेपालीलाई समावेश गर्नुपर्नेमा प्रथम वर्षा राखिदिएर उम्कियो । स्नातक तहमा इन्जिनियरिङ अध्ययन संस्थानमा अनिवार्य नेपाली विषयको पठनपाठन हुने गरेको पाइए -डा. नारायणप्रसाद खनालका अनुसार) पनि कतिपय संस्थानहरूमा नरहेको पाठ्यक्रमविदहरूको दावी छ र तीती सङ्कायका पाठ्यक्रम ढाँचामा अनिवार्य नेपाली विषयको पाठ्यक्रम समावेश गरेको देखिन्न ।  तत्कालीन उच्च माध्यमिक तहबाटै अनिवार्य नेपाली विषयलाई चन्द्रकार देखाएर निकाला गर्न नेपालका कथित विद्वान्हरू नै अग्रसर भए । नेपाली भाषाप्रेमी देशभक्त युवा र सचेत जनता आन्दोलित भएपछि अनिवार्य नेपाली विषय पुनस्थार्पित भयो । वर्तमानमा परिषद् विघटित भएपछि पनि कक्षा ११ र १२ माध्यमिक तहअर्न्तर्गत गाभी यसलाई शिक्षा विभागमा समाहित गरिसकेको अवस्थामा पनि विद्वान्हरूको नेपाली विषयप्रतिको हेपाहा दृष्टिकोणमा कुनै परिवर्तन आएको देखिन्न ।
उनीहरूको मानसिकतामा नेपाली विषय नै होइन भन्ने परेको देखिन्छ । एउटा नेपालीलाई जन्मेदेखि चितामा नपुग्दासम्म नेपाली भाषाकै जरुरी हुन्छ भन्ने जान्दाजान्दै पनि यसलाई अझ विशिष्टीकृत गर्दै लैजानुको सट्टा कक्षा ११ र १२ मा ५०/५० पूर्णाङ्क बनाई ११ कक्षाको वाषिर्क पाठ्यभार १६० घण्टा नदिएर ९६ घण्टामा मात्र सीमित राखिएको छ । यसमा शिक्षा विभागका कर्मचारीसँग बुझ्दा पाठ्यभार ९६ राखिए पनि अन्त्यमा १०० पूर्णाङ्क नै मानी मूल्याङ्कन गरी अक्षराङ्कन -ग्रेडिङ) गरिने भनी विरोधाभासपूर्ण अभिव्यक्ति दिएका छन् (खुशराम अधिकारीका अनुसार)। नेपाली विषयविज्ञहरूले चाहिँ कक्षा ११ र १२ दुवै कक्षामा अनिवार्य नेपाली ५०/५० पूर्णाङ्कको मात्र
राखिएको र सँगसँगै पाठ्यभारको घण्टा (अवधि) बढाउन दवाव दिइरहेको प्रतिक्रिया दिएका छन् (गणेश भट्टराई, देवी नेपाल, शिव प्रणत आदिसँगको संवाद अनुसार) ।
शिक्षा विभागका अधिकारीले भनेझैं यसलाई १०० पूर्णाङ्कमै मूल्याङ्कन गरिए पनि १६० पाठ्यभार विनाको अध्ययन अध्यापन गराउने व्यवस्था सन्तुलित हुने देखिन्न ।
भोलि यसको अझ नकारात्मक असर नेपाली भाषामा मात्र नभई पूरै राट्रभाषा र मुलुकमाथि पर्ने यथार्थ लुकाएर लुक्दैन । वस्तुतः मुख्य सर्म्पर्क तथा कार्यालयीय भाषारूपी रुखलाई बाढीले बगाउँदा अन्य मातृभाषारूपी हाँगा बिँगा र पात पनि सँगसँगै बग्दै गई महागर्तमा विलीन हुने निश्चित छ । यस्तो तथ्य जान्दाजान्दै पनि नेपालका सम्पूर्ण राष्ट्रभाषाको संरक्षण र सम्बर्द्धन गर्न अग्रसर हुने कि नहुने – हामीसामु प्रश्न खडा भएको छ । २०३७ सालमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने गरी निजी विद्यालय खोल्न पाउने सुविधा दिएपछि (प्रिन्सिपल गणेशमान गिरी, सनसाइन बोर्डिङ् स्कूल, ढोकी, नवलपुरका अनुसार)  राजधानी र मोफसलका चोकचोक, गाउँगाउँ र घरआँगनमा समेत धमाधम त्यस्ता अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयहरू खुले । यसपछि नेपाली माध्यममा पठनपाठन हुने विद्यालयहरू क्रमशः हेला तिरस्कार र हीनताबोधको शिकार हुन थाले । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयका संस्थापकदेखि
देशविदेश चहारेका शिक्षित मानिसहरूले पनि अङ्ग्रेजीको भजन गाएपछि सारा अभिभावक त्यसैमा एकोहोरिए र सक्ने नसक्ने सबैले आफूले नखाएर र नलाएर भए पनि छोराछोरी निजी विद्यालयमा नै पढाउन थालेपछि नेपाली माध्यममा पढाइ हुने विद्यालय छायामा परे नै स्वयं नेपाली भाषा र विषय पनि उपेक्षाको शिकार बन्न पुग्यो । वस्तुतः सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका आमउपभोक्ता अङ्ग्रेजी भाषा जान्दैनन् । वर्तमान सरकारले आउने वर्षा सबै नेपालीले बैंक खाता खोलिसक्ने भनेर महत्त्वाकाङ्क्षी योजना ल्याएको छ । तर, तत्तत् बैकहरूमा कार्यरत कर्मचारीहरूले त्यहाँ सेवा लिन आउने ग्राहकलाई कसरी सहज र सुलभ सेवा दिने – उनीहरूलाई कसरी बैक करोबारका बारेमा ज्ञान दिने, त्यहाँ उपयोग हुने भौचर, चेक, खाता खोल्नका निम्ति भरिने फाराम, ऋण लिनका निम्ति लेख्नुपर्ने निवेदन, तयार पार्नुपर्ने टिप्पणी, तमसुक भर्ने, भर्पाइ भर्ने जस्ता कार्य नेपाली भाषामा नै सम्पादन गर्नुपर्ने परिस्थिति छ । तर, प्रायः वाणिज्य विषय लिएर स्नातक अध्ययन गरिसकेका उपभोक्ता पनि ती कार्य गर्न सक्तैनन् र कर्मचारीमा पनि उपभोक्ताहरूलाई बुझाउने त्यति सामर्थ्य रहेको देखिन्न । यसको मूल कारण नै वाणिज्य सङ्कायतर्फो स्नातक तहमा प्रयोजनपरक नेपाली विषयको पाठ्यक्रम समावेश नहुनु हो । कक्षा ११ मा राखिएको पाठ्यक्रम पनि त्यति प्रयोजनपरक तथा विषयपरक बन्न सकेको देखिन्न । यस स्थितिमा समस्या पैदा हुनु स्वाभाविक नै देखिन्छ । हुन त कतिपयले चलेकै छ भने पनि कसरी चलेको छ र कत्ति कर्मचारी र सेवाग्राही दुवैले अप\mठ्यारो भोगिरहेका
छन् त्यस पीडा र असहजताको सीमा छैन । अझ सहकारीमा बसेका प्रायः पदाधिकिारीहरू र सेवाग्राही सबै लेखाका सामान्य नियम र विशेष पदपदावलीबारे जानकार हुँदैनन् । यस स्थितिमा सहकारीका व्यवस्थापकलाई वित्तीय नियम, अनुशासन र लेखामा प्रयोग हुने हकप्रद शेयर, दायित्व, पूँजीगत दायित्व, लाभांश, साख सृजना आदिबारे जानकारी दिन हम्मेहम्मे परिरहेको अवस्था छ । कर्मचारीलाई विज्ञापन बनाउन, निमन्त्रणा पत्र लेख्न, बधाई र शुभकामना दिन नआएर र भ्रमण प्रतिवेदन, कार्य प्रतिवेदन, प्रगति प्रतिवेदन तयार गर्न समस्या भइरहेको परिस्थिति छ । उनीहरूलाई सूचना तयार पार्न र व्यावहारिक कार्य सम्पादन गर्न पनि उत्तिकै कठिनाइ भइरहेको
छ । त्यस्तै स्थिति विद्यालय, गाउँपालिका तथा नगरपालिकाहरूमा कार्यरत लेखापालहरूले सम्बन्धित सेवाग्राहीहरूलाई सहजै बुझाउन सकिरहेको देखिन्न । वस्तुतः यस्तो समस्या हुनुको कारण सम्पूर्ण कारोबार र भाषिक व्यवहार नेपालीमा हुने तर गुणस्तरीय शिक्षाको नाउँमा पढाइ अङ्ग्रेजी भाषाको हुने लेखा, बजारशास्त्र, वित्तशास्त्र आदि विषयको पढाइ पनि अङ्ग्रेजीमा नै गर्ने प्रचलन हो । कानुन सङ्कार्यको स्नातक तथा स्नातकोत्तर दुवै तहमा अनिवार्य नेपाली विषयको अध्ययन अपेक्षित छ तर पाठ्यक्रममा रहेको छैन -अधिवक्ता दीपक भट्टर्राई)। भाषाको अध्ययन गर्नु अपेक्षित छ । वहस पैरवीदेखि निवेदन, मुचुल्का, फिराद पत्र आदि हरेक कार्यमा भाषाका पदपदावली, वाक्यांश र वाक्यहरूको विशेष महत्त्व रहेको हुन्छ ।
लक्षणा, व्यञ्जना, विस्तारित अर्थ, श्रुतिसमभिन्नार्थी शब्द, पर्यायवाची, समावेशी असमावेशी आदि हरेक शब्दले छुट्टाछुट्टै अर्थ राख्छन् । त्यसता भाषिक पक्षको सूक्ष्म
अध्ययन गर्न सकेमा मात्र अभिव्यक्ति प्रखर बन्नपुग्छ । यसमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्दहरू त अनन्त छन् । यस्ता अतिशय महत्त्व राख्ने सङ्कायहरूमा समेत नेपाली विषयको पाठ्यक्रम समावेश नहुँदा पनि अझै हामी मौन रहन मिल्ला – यसै गरी कृषिविज्ञान, चिकीत्सा विज्ञान, वनविज्ञान, वातावरण विज्ञान, कम्प्युटर विज्ञान, यान्त्रिकी विद्या आदि हरेक विषयहरूमा नेपाली भाषा अपेक्षित छ । मूलतः यी विषय अध्ययन गरेका जनशक्तिले सेवा दिने मुख्य क्षेत्र भनेकै अङ्ग्रेजी भाषी समुदाय नभई आम नेपाली भाषी समुदाय नै हो । एउटा उदाहरण लिऔँः एकजना चिकित्सकले आम र्सवसाधारणको उपचार गरिरहँदा उसले विरामीलाई सोध्ने प्रश्नहरूमा आधाजसो अङ्ग्रेजी भाषाका कोडहरू उपयोग गरिरहेको हुन्छ । उसले प्रयोग गरेको भाषा विरामीले बुझ्दैन र ऊ वाल्ल परिरहेको हुन्छ भने उसले दिने उत्तरबाट विरामीको कसरी सही उपचार हुनसक्ला – आज अङ्ग्रेजी माध्यमबाट मात्र पढेको विद्यार्थी देश, काल, परिस्थिति र सन्दर्भ अनुकूलको भाषा प्रयोग गर्न नजानेर केही सामग्री किन्न पठाउँदा नेपालीमा गणना गर्न नआएर हक्क न बक्क भइरहेको अवस्था छ ।
अहिले सामुदायिक विद्यालयले अङ्ग्रेजी पढाउन थालेपछि विद्यार्थी संख्या बढेको टिप्पणी गरिरहे पनि ती विद्यालयहरूले उत्पादन गरेका विद्यार्थीले न नेपाली राम्ररी जाने  न अङ्ग्रेजी नै जान्ने भए । कक्टेल भए भन्ने टिप्पणी आएको छ । बोइलरवत् उत्पादित विद्यार्थीलाई हामी गुणस्तरीय शिक्षा पाएका ठान्छौँ – शिक्षक मासिक, १२ः २०७४) । विरामीलाई सान्त्वना, मृतकप्रति श्रद्धाञ्जलि, मृतकका आफन्तजनप्रति समवेदना, विवाह गर्न लागेका र विजयीलाई बधाई तथा शुभकामनायुक्त भाव सम्प्रेषित गर्न नसकेर ‘ऊ उस, ह्या’ भनिरहेको हुन्छ । आधिकारिक कार्यालयको व्यानरमा एकदिने गर्भवती लेखिरहेको भेटिन्छ । शुद्ध खसीको मासु, मातापितृको आर्शिवाद, अखबारको सम्पादकीयमा सरकार नै बेखबर भन्ने अर्थका लागि ठीक उल्टो अर्थ दिने गरी ‘सरकार नै अनविज्ञ’ आदि वाक्यहरूको उपयोग भइरहेको
फेलापर्दछ ।  हुन त वाणिज्य, कानुन, विज्ञान आदि सङ्कायमा अध्ययन गर्ने विद्यार्थी नेपाली मातृभाषी भएका नाताले उसले अङ्ग्रेजी भाषामा प्राप्त गरेको ज्ञान र सीपलाई नेपाली भाषामा ढालेर काम चलाउन सकिहाल्छ नि भन्ने धारणा रहेको पाइए पनि यो मान्यता हेपाहा सोचाइकै परिणति हो । वस्तुतः कुनै पनि क्षेत्रमा सामान्य जानकारी रहे पनि सम्बन्धित विषयमा अध्ययन गर्दा प्राप्त गरेको भाषिक सीप जत्तिको त्यो सामान्य ज्ञान त्यति प्रभावकारी हुँदैन । नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार नेपाली मातृभाषी ४८.६१ प्रतिशत र २०६८ अनुसार ४४.६ प्रतिशत रहेको (राष्ट्रिय जनगणना २०५८ र २०६८) र अन्य मातृभाषी वक्ताहरूको सर्म्पर्क भाषा र नेपालको प्रशासनिक भाषा समेत रहेको पर्रि्रेक्ष्यमा यसैलाई उपेक्षा गर्दै स्नातक तथा स्नातक तहका विभिन्न सङ्कायमा नराखेर गलहत्याउनु भनेको आप\mनै खुट्टामा वञ्चरो हान्नु हो । चीन, जापान, कोरिया आदि देशले स्वदेशी भाषामा नै ज्ञानविज्ञान र प्रविधि क्षेत्रका उच्च शिक्षा दिएर विश्वोत्कृष्ट जनशक्ति पैदा गरिरहेका छन् र वैज्ञानिक चमत्कारहरू गरी विश्वलाई चकित तुल्याइरहेका छन् । यसले गुणस्तरीय शिक्षाको मानक अङ्ग्रेजी बोल्न र त्यस भाषामा लेखिएका सूचनाहरू ग्रहण गर्नुसक्नु हो भन्ने मान्यता आज निराधार सिद्ध भइसकेका छन् । यसर्थ अब हामीले पनि नेपाली भाषाको क्षमता विस्तार गर्दै सबै ज्ञानविज्ञान र प्राविधिक सीप नेपाली भाषामा नै हासिल गर्ने गन्तव्यतर्फकिन नजाने – यसको अर्थ अङ्ग्रेजी जान्नै हुन्न भन्ने होइन रुचि, अन्तराष्ट्रिय आवश्यकता, ज्ञानार्जन, कुटनीति, पर्यापर्यटन आदिका निम्ति यो अपेक्षित छ । तर, वर्तमानमा आइपुग्दा यसले नेपाली समाजको समाज मनोविज्ञान, संस्कृति र संस्कारमा समेत गम्भीर समस्या सृजना गरिरहेको छ । बुवालाई ड्याड, आमालाई मम्मी, गुरु र गुरुआमालाई सर र म्याडम, काका, मामा, सानाबुबाहरूलाई अङ्कल, सानीमा, काकी, माइजूहरूलाई आन्ट वा आन्टी भन्ने मोहले भाषिक, सांस्कृतिक तथा सामाजिक विकृति थपिएका छन् । अङ्ग्रेजीप्रतिको आसक्तिकै कारण एउटा प्रेमीले आप\mनी प्रेमिकालाई नेपालीमा म तिमीलाई माया गर्छुप्रेम गर्छु तिमीसँग लभ गर्छु भनेर मात्र प्रेमिकामा विश्वास जाग्दैन । उसमा विश्वास भर्न र प्रेम भएको अनुभूति दिलाउन ङ्ग्रेजीमै आइ लभ यु भन्नै पर्छ । कसैको जन्मदिनमा जन्मदिनको पावन
अवसरमा शुभकामना छ भनेर मात्र पुग्दैन, ह्याप्पी बड्डे टु यू भन्नै पर्ने हुन्छ । विवाहको वर्षाँठ मनाइरहँदा पनि ह्याप्पी म्यारिज एनिभर्सरी भन्नै पर्ने   हुन्छ । र्वर्तमानमा हामी नेपाली भाषामा बोल्दाबोल्दै हिन्दी भाषा बोल्न थाल्छौँ । कोही हिन्दी भाषी देखिएमा उसलाई नेपाली जानेर मात्र नेपालमा आउन प्रोत्साहित गर्नुको सट्टा जानीनजानी हिन्दीमा बोल्नुलाई आफ्नो विद्वत्ता ठान्छौँ र गौरव गर्र्छौँ । नेपाली भाषाका गीत, सङ्गीत र चलचित्रलाई उपेक्षा गर्र्छौँ र हिन्दी र अङ्ग्रेजीलाई उच्च महत्त्व दिई गाइरहेका र नाचिरहेका हुन्छौँ भने हामीले नेपाली भाषा, साहित्य र सङ्गीतको संरक्षण र सम्बर्द्धनको अपेक्षा राख्नु हास्यास्पद देखिन्छ । यसप्रकार हामी नेपालीपन र स्वत्व गुमाएर भाषिक दास बन्दै साँस्कृतिक रूपमै परायाको दास बनिरहेका छौँ भन्दा अतिशयोक्ति नहोला ।विश्वभरि फैलिएर रहेका आम नेपालीहरूको साझा सर्म्पर्क भाषा, सरकारी अड्डाहरूको औपचारिक भाषा, संविधानले समेत अङ्गीकार गरिरहेको भाषा, अन्तराष्ट्रिय स्तरमा स्तरीकृत हुँदै ज्ञानविज्ञानका सबै खाले विषयहरूमा अभिव्यक्ति प्रकट गर्न सक्षम हुँदै गएको, नर्सरीदेखि विद्यावारिधि उपाधिसम्म अध्ययन तथा अनुसन्धान भइरहेको भाषालाई अझ विकास र विस्तार गर्दै र अन्य मातृभाषाको समेत क्षमता विस्तार गर्दै लैजानुपर्नेमा यसै भाषामाथि नै हमला हुनु, पहिले प्राप्त गर्दै आएको हैसियत कायम गरिराख्न पनि आन्दोलन, धर्ना र जुलुस निकाल्नैपर्ने बाध्यता सिर्जना गर्नु साँच्चै विडम्बनापूर्ण छ । वास्तवमा औपचारिक तथा अनौपचारिक शिक्षा प्राप्त गर्न, कुशलतापूर्वक प्रशासनिक कार्य सञ्चालन गर्न, अड्डाअदालतमा कुशलतापूर्वक बहस पैरवी गर्ने क्षमता विकास गर्न, रीत पुर्‍याएर र दोहोरो अर्थ नलाग्ने गरी कानुन बनाउन, आम सञ्चारमा सरल र सुबोध शब्दचयन गरी परिनिष्ठित वाक्यनिर्माण गर्न, भाषाको क्षेत्रीय, सामाजिक, विषयगत, कालिक, लैङ्गिक, पेशागत, शारीरिक तथा मानसिक अपङ्गताजन्य संवेदनशीलताजन्य आदि भेदलाई सही ढंगले ठम्याएर विभिन्न मातृभाषी नेपालीहरूका बीच सुमधुर सम्पर्क स्थापित गर्न, नेपाली भाषामा लिखित विभिन्न विषयका ग्रन्थ, पत्रपत्रिका, नेपाली भाषामा प्रदान गरिने सबैखाले ज्ञान, सीप र अनुभव प्राप्त गर्न र प्रदान गर्न, नेपाली भाषामा भाषिक सौर्न्दर्ययुक्त ग्रन्थ तथा पत्रपत्रिका प्रकाशन गर्न, अन्य विभिन्न भाषाबाट नेपाली भाषामा अनूदित वाङ्मय, ज्ञान र सीप अध्ययन गरी लाभान्वित हुन, प्रभावकारी ढङ्गमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, राष्ट्रिय एकता र संस्कृतिको संरक्षण र सर्म्बर्द्धन गर्न, अन्यभाषाका माध्यमबाट आर्जित ज्ञान, सीप र कला र प्रविधिलाई प्रभावकारी रूपमा नेपाली जनमानसमा पुर्‍याउन, प्रयोजनपरक नेपाली भाषामा निपुण तुल्याउन, नेपाली भाषासाहित्यहरूको श्रेयवृद्धिद्वारा आफू पनि गौरवान्वित हुन र नेपालको अन्य राष्ट्रभाषाको पनि संरक्षण र सर्म्बर्द्धन गर्न पनि नेपाली भाषामा दक्षता हासिल गर्नु अपेक्षित
छैन र – नेपालको संविधान २०७२ को भाग १ को धारा छ र सातमा नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषा र सरकारी कामकाजको भाषाका रूपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा भनी उल्लेख गरेको सर्न्दर्भमा ‘नेपाली विषयलाई हरेक तहका हरेक सङ्कायका कक्षाहरूका औपचारिक पाठ्यक्रममा राख्नु अपरिहार्य छ कि छैन – निक्र्योल गरी सम्बन्धित पक्षलाई पाठ्यक्रममा समावेश गराउन बाध्य पार्ने परिस्थिति सृजना गर्नु कत्तिको सान्दर्भिक होला – र यो कार्य गर्न हामी के योगदान गर्न सक्छौँ – अब खुलेर वहस छलफल र अन्तक्रिर्या गरी एउटा निचोडमा पुग्नै पर्ने घडी आएको छ । यसका निम्ति तमाम राष्ट्रभाषाप्रेमी नेपालीहरूले यस्ता डलरप्रेमी विद्वान्का आन्तरिक गतिविधिमाथि निगरानी राख्नुपर्छ । नेपाली भाषा मासिदा यससँगसँगै नेपालमा
बोलिने सम्पूर्ण मातृभाषाहरू र संस्कार, संस्कृति र नेपालीत्व पनि मासिने हुँदा यो समस्या नेपाली मातृभाषी र नेपाली विषय शिक्षकको मात्र नभई नेपालका सबै मातृभाषीहरूको हो भन्ने यथार्थ सबै नेपालीहरूका बीच पुर्‍याई यसमा भइरहेको देशी विदेशीहरूको चलखेल र निहित स्वार्थबारे अवगत गराई राजधानी र मोफसलका गाउँगाउँबाट जोजो जहाँजहाँ छ, सबैलाई आन्दोलनमा सरिक गराउनुपर्छ । अल्पकालीन रुपमा तत्कालै विद्वात्जनसहितको टोली गएर त्रिविवि पदाधिकारी, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, शिक्षा विभाग, शिक्षामन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाई मुलुकको ध्यानाकषिर्त गर्नुपर्छ । आवश्यकता परे धर्ना र नाराजुलुस र ७७ वटै जिल्ला प्रशासन घेराउ गरी कक्षा ११ र १२ कक्षाको पाठ्यभार बढाउन र स्नातक तहका सबै तहहरूमा नेपाल परिचय र नेपालको इतिहास शिक्षण गर्न नेपाली माध्यमकै उपयोग गर्नुपर्ने तथा सँगसँगै ती तहहरूमा प्रयोजनपरक नेपाली पाठ्यक्रम समावेश गर्ने वातावरण सृजना गर्नुपर्छ । विषय र आधारभूत तहमा स्थानीयतालाई मध्यनजर गर्दै अन्य मातृभाषी लक्षित कक्षा सञ्चालन आरम्भ गराउन पहल गरिहाल्नुपर्छ । यसमा सघाउन मुलुकभरिका सञ्चारकर्मी मित्रहरूलाई आह्वान् गर्नुपर्छ ।

दीर्घकालीन रुपमा भने कम्तीमा आधारभूत तहमा संस्कृत रचना पढाउने, आध्यात्म ज्ञानयुक्त नैतिक शिक्षाका निम्ति पहल गर्ने, सबै तहका सबै कक्षा हुँदै अङ्ग्रेजी भाषाबाहेकका कक्षाहरू नेपालीमा सञ्चालन गर्नै पर्ने परिस्थिति सृजना गर्ने वातावरणका निम्ति हरेकले हामी जो जहाँजहाँ छौँ त्यहीँ त्यहीँबाट पहल आरम्भ गर्नुपर्छ । यसो गर्नसके नेपालका मातृभाषा संस्कार, संस्कृति, सामाजिकता र नेपालीत्व जोगिने र नेपालको गौरव कायम हुने छ । अस्तु शिवम् ।दिनाङ्कः २०७५।२।२५ श्क्रवासर सन्दर्भसूचीकोइराला, विद्यानाथ (सम्पा.), (२०७४) शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार, काठमाडौँः पिनाकल पब्लिकेशन प्रा. लि । ढकाल, शान्तिप्रसाद (२०७४) काठामाडौँः पिनाकल प्रकाशन प्रा.लि.।ढकाल, शान्तिप्रसाद र तीर्थराज खतिवडा, (२०६९) काठामाडौँः शुभकामना प्रकाशन प्रा.लि.।नेपालको संविधान २०७२पौडेल, माधवप्रसाद, (२०६८) भाषा पाठ्यक्रम, पाठ्य सामग्री तथा शिक्षण पद्धति, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।शर्मा, केदारप्रसाद र माधवप्रसाद पौडेल, (२०६८), काठमाडौः विद्यार्थी पुीतक भण्डार । श्रेष्ठ दयाराम र अन्य (२०७१) काठमाडौँः भुँडीपुराण प्रकाशन ।भेट तथा टेलिफोन संवादखुशराम अधिकारी, शिक्षा विभाग काठमाडौँगणेश भट्टराई, काठमाडौँ गणेशमान गिरी, कावासोतीडा. देवी नेपाल, काठमाडौँशिव रेग्मी प्रणत, दमक, झापा प्रा. डा. नारायणप्रसाद खनाल, चितवनराजन पाण्डे, शिक्षा विभाग, काठमाडौँ ।

डा. धनपति कोइराला,

मध्यविन्दु बहुमुखी क्याम्पस,

कावासोती, नवलपरासी र वर्दघाट सुस्तापूर्व)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.