गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल,

प्रलोभनमा इमान जोडेर हेर
वेइमानको विमान फोडेर हेर ।

सेवामुखी हुन्छ मानविय चोला
त्यो घमण्डी पनालार्इ छोडेर हेर ।

संसारिक वनावट छ साह्रै सुन्दर
प्रकृतिको वगैँचालार्इ गोडेर हेर ।

 

आफ्नो कर्तव्य सुदृढ गरेर बाँच्न
असमाजिक विकृती मोडेर हेर ।

कुप्रथाको विरोध गर्थिन् ती ‘पार्वती’
के रहेछ ? त्यो तालाबन्दी तोडेर हेर ।।

भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.