नारायण गोदारेका विविध किसिमका रचनाहरूः

Spread the love
Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

पुगियो पाख्रीन वास।
छैन है वाख्रीन साथ।

पिर त पर्ने नै भयो।
मधुको लाङ्ग्रन मात।

भान्से त उही थियो।
लौ आङ्क्रीन भात।

 

गह्रुङ्गो शिर भयो है!
निद्रा थाङ्ग्रीन रात।

साथ को थियो लौ है?
हेर त गाग्रीन माझ।
#
च्याति सक्यो सरकार त वस्न मन छैन?
रति भर मन्त्रि परिषदमा वस्न मन छैन?

राम छायाँ न हो यो शक्ति त हजुर! हो!
विपक्षि दह्रो भए अब त वस्न मन छैन?

जे गरे भने पनि टोकसो भयो हजुर! भो?
मुलुक चलाउन अब कठै वस्न मन छैन?

अभागीले खाजा खाने वेलामा परियो है!
पटक्कै मुलुक चलाउन बस्न मन छैन?

धिक्कारेका छन् जनताजनार्दनले अब।
हजुर! हो सराप खाएर त वस्न मन छैन?….
#
ऊ त रुन सक्छ।
हो ऊ छुन सक्छ।

फकाउने काम हो।
तिमी धुन सक्छ।

के वुझेऔ तिमी?
हो लुटन सक्छ।

मिठा गर्छ कुरा।
पछि खुटन सक्छ।

रक्तिम साँझमा।
हत्ते हाल्न सक्छ।

ऊ त रुन सक्छ।
दु:ख दिए पछि।

अनि हाँस्न सक्छ।
हो ऊ छुन सक्छ।..
#
अब अँधेरीमा जून आएन?
हिंडदा हिंडदै दून आएन?

गर्ने भन्ने जाने कता हो?
ज्यानमा हजुर खून आएन?

वेमानीको खोजि गर्न हिंडेक।
कठै लौ उसमा गुन आएन?

अन्न पात मक्कि सवै सक्यो।
भण्डार अवहो घुन आएन?

राज कमल मिलेका हेरन।
किन हो कुन्नि सुन आएन?

घर केमेरोको साटो पोत्न हो।
यसपाला खोई चून आएन?..
#
म तक्दिर बदल्छु तिम्रो, तिमी म संग आऊ।
पैह्रो गयो त के भो लौ, तिमी म संग आऊ।

ए! जान्ने सुन्ने धेरैछन् हो, सवाल न केलाऊ।
भन्नु मलाई केहि छैन, तिमी म संग आऊ।..
#
पय्रो पिर मर्का, कसोरी भनु म?
उदाशी थियौ हो, कसोरी भनु म?

नसन्त महन्त, नभक्त कौशल?
वन फूल हू म, कसोरी भनु म?

भनु नभन्नुको, अर्थनै रहेन।
मरुँ वाँचु अब, कसोरी भनु म?

तील कासा संझि, खेलें भन्नु पर्छ।
मेरो पिर मर्का, कसोरी भनु म?

भुनु हैत अब, तिम्रो मेरो कुरा!
साह्रै मन पर्छ, कसोरी भनु म?

पय्रो पीर मर्का, कसोरी भनु म?
उदाशी थियौ हो, कसोरी भनु म?…

मायाँ कसोरी गरिन्छ सिकाऊ।
पारी कसोरी तरिन्छ सिकाऊ।

ए! संस्कार छैन आज कसैमा।
संस्कार कसोरी गरिन्छ सिकाऊ।

अहो! धर्म कर्मका कुरा गर्छन् धेरै।
कसोरी गर्ने गरिन्छ सिकाऊ।

पारी तर्नु पर्छ भन्छन् ज्ञानीहरु।
अहो कसोरी तरिन्छ सिकाऊ।

मर्न मरिन्छ समय पुगेपछि हो।
जन्मने कसोरी गरिन्छ सिकाऊ।

देह लिला सवकोछ हेर भारी।
बाँच्ने कसोरी गरिन्छ सिकाऊ।..
#
यहाँ म रहें उदाशी।
त्यहाँ छौ रे उदाशी।

ए! भन्ने थाहा भयो।
हेरन फिक्का गुलावी।

जहाँ जेछ हो छँदैछ।
आहा रहेयौं उदाशी।

मूल धार है तरेर।
वारी पारी छौं हुलाकी।

कति मायाँ हो हजुर!
छौं आज हामी उदाशी।

यहाँ म रहें उदाशी।
त्यहाँ छौ रे उदाशी।..
#
साँझ पय्रो हजुर! वाख्रा पाठा सार्नु है!
विहानको दहीछ, ठेकी मोही पार्नु है!

ढेंडो पिठो ओडाली सवैलाई दिनु हो।
घुर अब लगाई धूवाँ धुकुर पार्नु है!

लाम खुट्टे भगाउनु नत्र सुत्न सकिन्न।
उडुस उपियाँछन् औष्धी राखी मार्नु है!

विहान सवेरै उठनु पर्छ अब सुतुँ सवै।
आराम गरेपछि उठेर नवनि खार्नु है!

हर्पे ऊ त्यहाँ खालीछ अब तताएर,
सर्लक्क सजिलै छानेर पो तार्नु है!..
#
ज्यामा ! माथि मेघ गडगडाएँ
तल त म! साह्रै नै हडवडाएँ।

काशले थिच्छ की क्या हो?
बेहोश भै ज्यामा! लडखडाएँ।

उता अन्धमुष्ठी हुरी चलेर।
अत्याइ दिंदा म तडतडाएँ।

घरका खामा वला लर्केर।
सवै दिमाग लौ खडखडाए।

सहयोग माग्ने छैन ठाऊँ।
अब त झननै म लडखडाएँ।

मानौं श्रृष्ठी ने मासिने भो।
तब त म अतिनै लडखडाएँ।

ज्यामा! माथि मेघ गडगडाए।
तल त म! साह्रैनै हडवडाएँ।..
#
गाई खाने मानिसको भर हुन्न।
जाई जाने मानिसको थर हुन्न।

किन मरि मेटछौ भनन प्यारी!
राई खाने मानिसको कर हुन्न।

जीसंग मायाँछ ऊ त बैमान हेर।
माई लाने मानिसको जड हुन्न।

जानुछ हाम्रो बाटोछ दूर हजुर!
लाई खाने मानिसको डर हुन्न।

अब कहाँ लाउने हो मालदाम्लो।
हाई माने मानिसको घर हुन्न।..
#
तिमी पुग्यौ खुरपानी।
हामी पुग्यौं खुरसानी।

अब भन्ने कल्लाई हो।
जानु पर्नेछ मूलपानी।

आहै! लाने कल्लाई हो।
नानी पुग्यौ धुरपानी।

साथी सवै गाका रे हो।
सवै पुग्यौ फूलपानी।

साराले देखी है राछन्।
सानी लुक्यौ फुरपानी।

चुरी फुरी किन हो?
जानी पुग्यौ कुनपानी ?

पल्लव परिवारमा नारायण गोदारेको नमस्कार है,
मृत्यु शैय्याबाट जी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *