“मेरो स्मृतिमा नुवाकोट र ककनी”

Milan, Thokar, मिलन थोकर, pallawa, पल्लव

मिलन थोकर

घुम्न जाउ घुम्न साथी हो, नुवाकोट ककनी
हिमाल पहाड हेर्नलाई, आउछु है मै पनि ।
इस्टेवेरी, काफल गेडी, ऐसेलुको छ खानी
साथमा ट्राउट माछा पनि, ढिँडो सँग खाने ।।

काले खैरे गोरे सबै, मिलेर आउनु होला
कति सस्तो कति मिठो, रानिपौवाको मुला ।
बाह्रै महिना फुली रहन्छ, बाह्र मासे फूल
पानी मिठो कलकल बग्ने, सफा स्वच्छ मूल ।।

 

हिमाल हाँस्छ वारिपारी, बग्छन् तल खोला
कोइली गाउँछन् कुहुँ कुहुँ, आनन्दको चोला ।
फुली रहन्छ लालीगुरास, रातो रङ्ग पोती
झार बुट्टी ओखती र, अलैँचीको खेती ।।

श्यामा चोली गुन्यू सँगै, लगाउँछन् फुल टिपी
कोहि गाउछन् तामाङ सेलो, मिठो भाका झिकी ।
कतै गुम्बा हाँसेको छ, कतै मन्दिर राम्रो
प्राकृतिक सौदर्य भरिएको, ककनी हो हाम्रो ।।

ककनीको डाँडो चढ्दा, मनमा शान्ति छाउछ
रमाईलै रमाइलो ले, मनमा खुसि आउछ ।
त्यहीँ नै धेरै छन् सुसाउने, सल्लेरीको बन
ककनीमा नै प्रित बस्छ, खुसी हुन्छ मन ।।

मिलन थोकर
बिदुर– ७, तुप्चे, नुवाकोट, नेपाल
हालः यु के

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.