गजल…….

Spread the love
Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

झुटो कुरा गरी गरी हिड्न सकिएन
सत्य कुरा गरी मन जित्न सकिएन।

व्यवहारमा औंला बांगो बनाउनु छैन
औंला सोझो पारी घिउ झिक्न सकिएन।

खोजिन्छ यहाँ पानीलार्इ दूध बनाउन
साधुलाई चोर भनी पिट्न सकिएन ।

 

हराएछ इमानदारी बफदारी छँदैछैन
दुई नम्बरी गरि मान्छे किन्न सकिएन ।

सहनै सकिँदैन अन्याय र अत्याचार
त्येसैले त दुनियाँमा भिझ्न सकिएन ।

……भरतपुर -९ ,चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *