राधा भुजेल का केही मुक्तकहरूः

Spread the love
Radha, Bhusal, राधा भुजेल, pallawa, पल्लव

राधा भुजेल

म त आजकल रमाएकी छु महफिलमा आएर
गाउँ छोडेर स्वार्थि शहरको झिलमिलमा आएर
बिच सफर सम्म ल्याई तिमीले मलाई छोडेपछि
तड्पि तड्पि बाँचेकोछु झन मुस्किलमा आएर ।

उनको शहरमा आईपुगेँ भेट हुन पाईन
भेट नभएपछि उनिसङ्गै बसेर रुन पाईन
मनमा गुनासो केही राख्दिन भन्दा पनि
आत्तिएको मनले उनको दिल छुन पाईन ।

 

एअरपोर्ट सम्म पुराउन गाथेँ रुदै गयौ बाबू
बाआमाको सम्झनाले तस्बिर छुदै गयौ बाबू
पहिला गरिब थियौँ हामी भनेको मान्नेगर्थ्यौ
दुईचार पैसा कमायौ र टाढा हुँदै गयौ बाबू ।

अमृत भनी कोमल हातले जहर पिलाएपछि
टाटै टाटा परेको घाउ फेरि पनि सिलाएपछि
अब के बाँकी रह्यो र मरे सरि यो जीवनमा
जुनि भरी साथ दिन्छु भनी अन्तै बिलाएपछि ।

उता तिम्रो जिन्दगी फक्रेको फूल भयो
यता मेरो जिन्दगी सुकेको मुल भयो
थाहै भएन मायामा अन्धो हुन्छु भनेर
तिमीलाई माया गर्नु मेरो ठुलो भुल भयो ।

सधैँ भरि किन गिद्धे नजर लाउँछन् नारीलाई
माइती घरमा बस्नै दिन्नन धपाउँछन् नारीलाई
सासुससुरा उस्तै झन् त श्रीमान पर्‍यो भने
दिनका दिन ~ यसैगरी सताउँछन् नारीलाई ।।

राधा भुजेल
भरतपुर चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *