जगदिश पाण्डेय का तीन कविताः

Jagdish, Pandey, जगदिश पाण्डेय, pallawa, पल्लव

जगदिश पाण्डेय

१) मनको परिधि
सारा कानुन या विधान जति छन् खोस्टा भएरै बसे
पीडा धेर लिएर आज जगमा निर्धा बनी ती फसे
पोख्छन् सीप नयाँ नयाँ किसिमका को गर्छ मूल्याङ्कन
नारा मात्र बने अनेक तहका पीडा त्यसै बल्झिन ।

डेरा खोज्न डुल्यो अहो सहरमा भेटिन्न डेरा जहाँ
घेरा भित्र हुल्यो र शोषण गर्‍यो उन्मुक्ति मिल्छन् कहाँ
छर्छन् आस अनेक भाषण गरी निस्तेज पार्छन् अति
सारा दु:ख सहेर बस्दछ सधैं धिक्कार्छ है जिन्दगी ।

खार्छन् मानिसका पवित्र गहना ती स्वर्ण तामाहरू
पार्छन् झल्मल यो रमेर दुखमा त्यागेर इच्छा बरु
सोझो भाव सधैं अपार जसमा देखेर जो हेपिए
अर्काकै वशमा अझै पनि अहो संङ्कष्टमा भेटिए।

कस्तो रीत छ है अझै भुवनमा कष्टादि बल्झाउने
चाल्दै चाल यहाँ अनेक तहका बेकाम अल्झाउने
सच्चा भाव बिना अनर्थ भवमा के काम आशाहरू
हुन्छन् रोक जहाँ हरेक पलमा के काम वाचाहरू।

बज्छन् साँझ बिहान पूजनसँगै घण्टी उसैको थियो
पार्दै झल्मल बल्छ हेर जगमा पाला उसैले दियो
सानो जात भनेर रोक्छ दुनियाँ खाँचो नबुझ्ने गरी
यस्ताका घटमा अझै नि कसरी यो बात छिर्ला हरि ।
छन्दः शार्दूलविक्रीडित

२) मनको परिधि

३) “संवाद नौला छर “
जे जे हुन्छ ठिकै रहन्छ जगमा भन्ने कुरा सोच है
आफैँ चङ्ख बनी सदैव मनमा सद्भावना खोज है
खुट्टा तान्न सधैं तयार रहने होलान् सयौं दुर्जन
त्यस्ताका सब चाल ढाल सजिलै झारून् मिली सज्जन ।

सारा एक भयौँ भने हृदयमा मिल्ला नयाँ ताजगी
सच्चा ज्ञान पवित्र भाव मनमा बन्दै नयाँ ओखती
ईर्ष्या द्वेष अनेक कल्मषहरू त्यागेर सारा पर
वाचा बन्धन ती तमाम जनका भुल्दै नभुल्ने गर ।

चोला मानवको अमूल्य गहना साँच्चै बनोस् झल्मल
मायाँ साथ हरेक आश बटुली फालौ अँध्यारा पल
के छन् कर्म गरेर पार नहुने जुट्दै गए सारमा
लाखौं कोस डुलेर फर्किन गए मौरीहरू घारमा।

बुझ्नैपर्छ अनेक चाल जनका भ्याएर सारा कुरा
चुम्नैपर्छ तमाम लोभ नगरी ती लक्ष्यका टाकुरा
नौला सोच र खोजमा सब जना जुट्दै गरेमा अब
बढ्दै जान्छ सुमार्गमा भुवन यो आशा जगाई तब।

यो संसार अपार सागर जसै बुझ्दै गएमा जति
राख्दै जोस यहाँ अनेक तहका खप्दै बढोस् है गति
यात्रा जीवन हो हरेक पथमा लम्केर बढ्ने गर
सारा सार बुझेर मात्र भवमा संवाद नौला छर।।

छन्दः शार्दूलविक्रीडित
जगदीशप्रसाद पाण्डेय
पाटन– २, बैतडी
हालः गेटा कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.