विशाल छ मेरो देश मनोहर महान् ..

Spread the love
Sangee, Sangi, Adhikari, Pokharel, संगी अधिकारी पोखरेल, pallawa, पल्लव

संगी अधिकारी पोखरेल

गीती कविता:
हिमाल बाट मुस्कुराउँछ
छङ्छङ छहरामा गुनगुनाउछ
फाँट हरूमा लहलहाउँछ
परायाको आँखा लोभ्याउछ
विशाल छ मेरो देश मनोहर महान् …

डाली बसी कोइली गाउँछे
मेरै देशको बयान
जनाउँदै स्वागत टाढा-टाढा
कुहु-कुहु मा गर्छे मधुर आह्वान
विशाल छ मेरो देश मनोहर महान् …

 

हिमाल् तिम्रो शिरको टोपी
पहाड तिम्रै छाती दाजै
तराई दिन्छ ताकत तिमीलाई
हर बिहानै साँझै
विशाल छ मेरो देश मनोहर महान् ….

जन्मिए भगवान बुद्ध यहीँ
सम्पदा छन् अटल
रारा, फेवा, तिलिचो को
सान छ विशाल
विशाल छ मेरो देश मनोहर महान् ….

आउ राजै स्वदेशमै
हातेमालो गरौँ
सकारौँ सिँगारौँ
पुर्खा का सपना
सरापमा नपरौँ
विशाल छ मेरो देश मनोहर महान् …

संगी अधिकारी पोखरेल
कुलेश्वोर, काठमाडौ ।
२०७५/०२/१५

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *