गजल !!!

Spread the love
Ram, Sharma, राम शर्मा, pallawa, पल्लव

राम शर्मा

जहाँ नारिको सम्मान हुन्छ
त्यहाँ समाजको सान हुन्छ ।

जे पनि नभन पिठ्युँप पछि
भित्ताको पनि कान हुन्छ ।

इज्जत देउ र इज्जत लेउ
सुख सान्तिको भान हुन्छ ।

 

सहनशीलताको प्रतीक हुन
सबै कुराहरूको ज्ञान हुन्छ ।

रमाउछिन उनी झुप्रोमानि
खुसिको नै प्रतिष्ठान हुन्छ ।

राम शर्मा,
प्रवास बाट –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *