बहरबद्ध गजल

Spread the love
Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

फुर्दै छ आज आखाँ फर्केर याद आयो
बग्दै छ अश्रुधारा दर्केर याद आयो

टाढा भएर के भो माया छ साथ मेरो
स्वप्ना म देख्छु राती झल्केर याद आयो

बज्दैन धून ऐले लाग्दैन राग राम्रो
गाह्रो परेछ दिल्मा सर्केर याद आयो

 

तारा र जून हेर्दै बित्दै छ रात मेरा
लेख्दै छु गीत ऐले चर्केर याद आयो

बग्दै छ आशु मेरा आखाँ रसाइ ऐले
सुन्दै छ भाव तिम्रो तर्केर याद आयो

बहरे मुजारे मुसम्मन् अखरब
पिङ्गल छन्दः दिक्पाल
त र म ज गु गु
गण SSI SIS SSS ISI SS

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *