गजल

Spread the love
Chandrika, Diyal, चन्द्रिका बिरही बेदना, pallawa, पल्लव

चन्द्रिका बिरही बेदना

यो मन मुटु मेरो आजभोली पथ्थर बनेकोछ !!
केही छैन म भित्र सबै जलेर खरानी भैसकेकोछ !!

सपनाहरू सबै जलेर मेरा खरानी भएपछि !
जिन्दगी जिउने रहर यो मनभित्र बाटै हटेकोछ !!

नरोपिदेऊ हेर प्रिय मायाको फुल यो दिलमा मेरो !
परेर बज्रपात मुटु यो मेरो टुक्राटुक्रा परेकोछ !!

 

जे नहुनुथ्यो भयो अरूलाई दोष दिएर म के गरू !
मैले त्यो भोग्नै पर्छ जो यो निधारमा लेखेकोछ !!

कहिल्यै सकिन बुझ्न खुकुरीले एउटा कुरा !
अचानोले आफ्नो जीवन कसरी बाँचिरहेकोछ !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *