गजल

Spread the love
Manju, Silwal, Tripathi, मन्जु सिल्वाल ‘त्रिपाठी’, pallawa, पल्लव

मन्जु सिल्वाल ‘त्रिपाठी’

कुल देवता भाकेर, जन्माएको छोरोले
स्वस्थानी व्रत राखेर, जन्माएको छोरोले ।

बोका भाकल गरी, मुली थानीलार्इ,
लाख बत्ती बालेर, जन्माएको छोरोले ।

सप्त क्न्या छोरी पछि, छोराको रहरमा,
ज्यानको आशै मारेर, जन्माएको छोरोले ।

 

छुरा रोपे सरि तीखो, कटु वचन ला’यो,
कयौं दुख कष्ट काटेर, जन्माएको छोरोले।

घरबाट निकाली, बृद्धआश्रम पठायो,
कुलको दिप मानेर, जन्माएको छोरोले।

मन्जु सिल्वाल ‘त्रिपाठी’
सलाङघाट, धादिङ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *