यो कस्तो निर्णय हो ?

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

-प्रोफेसर अजीब,नाम अजीब काम पनि अजीब | घरका मान्छे छक्क,स्टाफ जिल्ल |”यो मान्छे यहाँ जन्मिन नहुने “स्टाफको
खासखुस |ऊ आफैंमा खुश |सदबहार मान्छे |कलेज आयो,पढायो,फुर्सदमा गफ लायो,हाँस्यो हँसायो | उनैको एउटा निर्णयले सारा
स्तब्ध |”के हो निर्णय ?”
—-हरेक साल प्रोफेसर अजीबले केही गरिब र जेहन्दार विद्यार्थीलाई बिशेष सहयोग गर्दै आएका छन् –बिगत पैंतीस सालदेखि
|बिद्यार्थी छनोट गर्ने उनको आफ्नै शैली छ |घर घर जाने,अभिभावक भेट्ने –घरको स्थिति हेर्ने र अनुशासन पहिलो प्राथमिकतामा
|कलेज टप गरेमा अझ उत्तम |उनको यो योजनाले धेरै असहायको कल्याण भयो |

 


“यी कस्ता मान्छे हुन् ?” स्टाफको स्वर |
“गरे सकिन्छ,एक गुरुले एक विद्यार्थी पढाएमा कतिको कल्याण हुन्छ ?”अर्को उदार मनको स्टाफ |
“यी अजीब हुन् –अजीब काम गर्ने “……….अनेक मान्छे अनेक कुरा |
“यसपालीको सहयोग पाउने चेली रमा छेत्री “उनले घोषणा गरे |स्टाफ जिल्ल –किन कि रमा परीक्षामा असफल – पहिलो पटक –
अंग्रेजीले धोका दियो वा परीक्षक ‘जल्लाद ‘पर्यो | कलेजभरि यो सूचना प्रबाह भयो | पुरस्कार पाउने चेली पनि स्तब्ध |भब्य
समारोहमा पूर्व शिक्षा राज्यमन्त्रीको हातबाट पुरस्कार प्रदान गरियो |कार्यक्रममा जम्मा छत्तीस जना शिष्ट र विशिष्ट पात्रहरूको
उपस्थिति |अजीबलाई पुरस्कारका बारेमा बोल्न अनुरोध गरियो | सबैको मनमा “यो कस्तो निर्णय हो ?”–यही प्रश्न |
बोल्यो प्रोफेसर,”ताज्जुब लाग्यो होला यहाँहरूलाई,सामान्य हो |जीवनमा सधैं सफल हुने मान्छे बिरलै |को हुन्न बिरामी ?मोहमद
रफी जस्ता महान् गायक पनि एउटा गीत रेकर्ड गर्दा घायल भएका थिए |गनेर पांच पटक म स्वयम् ‘फेल ‘भएको छु ,जीवन नै
फेल त भएन |”रमा “होनहार चेली हुन् ,हामी चिन्दछौं | म उनी फेल होइन हाम्रो सिस्टम फेल भएको भन्छु |रमा ,तिमी भित्रको
उज्यालो बाहिर आउनुपर्दछ |मैले धेरै सोचेर यो निर्णय गरेको हुँ | तिमीलाई बधाई छ | धन्यवाद |”
—त्यो पुरस्कार पाएपछि रमाको मन अझ बलियो भयो |सरासर एम फिल गरेर अहिले सोही कलेजमा प्रोफेसर अजीबकै सहकर्मी
|”सर,हजुर त ……….
“नो नो नो ……You deserve it my kid…and you proved it .I am proud of being your teacher. “रमाको आँखाभरि
उही जुन दर्द र आनन्द दुवै अबस्थामा हाजिर हुन्छ ।

– धनराज गिरी,
चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.