गजल

Spread the love
‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

ए सरकार ! न जोत्यौ खेत नलगायौ आली ।
कामै बिना आशगर्छौ जनताको वा!वा! र ताली ।

फटाहा छौ अनि धुर्तभयौ गरेनौ दशको निम्ति
देखायौ पारा आफैँले बन्यौ खिया लागेको फाली ।

सक्दैनौं गर्न केही गुहार्छौ विदेशीहरूलाई नै
गछौ केबल झुटो भाषण र आमसभा खाली ।

 

नयाँ सरकार आए जनताले राहात हुन्छ रे
आसै आसमा डुबेको छ नेपालीको नयाँ बाली ।

मिलिजुलि सरकार बनायौ निकासको लागि भन्दै
खै कहिले छाइदिन्छौ ती बाढी पीडित को पाली ।

भाषणमा होइन व्यवहारमा नै गरेर देखाउ
बल्ल बन्नेछौ जनताको नजरमा प्यारो माली ।।

बोनसमा यौटा मुक्तक
ताते ताते गरेर आमा हिड्न सिकायौ
सही मार्गको बाटो रोजी भिड्न सिकायौ ।
त्यही मार्गमा तिम्रो मनन गर्दै हिँडेँपछि
दूराचार कुमार्गलार्इ गिड्न सिकायौ ।।

पार्वती खनाल अर्याल
भतपुर, चितवन ।

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *