बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

दिलै भित्र माया म पाली रहेको
बितेको कहानी सम्हाली रहेको

तिमी साथ छोड्यो म छोड्न सकेन
दिएको ति नासो सम्हाली रहेको

सधैँ साथ बस्ने उही आँचलैमा
मनैका ति पीडा पखाली रहेको

 

बिर्सन्नै नसक्ने पुरानो कहानी
फलामैसरी दिल् पगाली रहेको

तिमीले दिएको सहारा र माया
लुकाई मनैमा बसाली रहेको ।

छन्दः भुजङ्गप्रयात ,बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् x ४ (।ऽऽ x ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.