‘लिलाम जिन्दगी’

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

जैविकता कै कारण
एक धर्को सिन्दुर र पोतेमा
यो जिन्दगी अकस्मात !
बिना गल्ती लिलाम भयो।
मोल मोलाईको भिडबाट एउटाले किन्यो
तर मुल्यमा पोते र चुरा दिएर
मानवाताको आश्वासन दिलायो
आशाको चुली बनायो
भित्र्यायो कोठरिमा
मेरो बैशको उपहास गर्यो।

एक दिन पेटको भकारी को खोजिमा
परदेसियो अनन्तकाल सम्म
शित्तल हावाहरुमा स्पर्श नि पठाएन
निदरिमा सपनिमा आउदै आएन।
खोला झै उदै उदै बग्यो।

 


म मुहान मा बसेर कल्पी रहे
बेक्कार स्वप्नदोष हुन्छ बेक्कार
बतासे अण्डा झै बिचार कल्पिएरै फालिए
पाठा पाठिले जिस्क्याए चखेवा चखेविले जिस्क्याए म नि शब्द बसे
लिलाम जिन्दगिको मूल्य अर्कैले लिएछ ।
यी चुरा हुन कि रैया?
जिन्दगिलाई प्रश्न सोध्छु
रातो साडी रातो झै लाग्दैन।
पोते पोते देख्दिन
यिन्लाई काडे तार झै देख्छु ।
मन भ्रमित हुन्छ।
अकस्मात कौवा कराउछ
च्वास्स पोल्छ ।
जहाज आउँछ स्तब्ध हुन्छु ।
हिजोका जन्ती सम्झन्छु अनि मलामी घोषित गर्छु ।
खै के जिन्दगी यो लिलाम जिन्दगी
लाग्छ परदेसिलाई नि कसैले लिलाम गर्यो कि ?
जालमा पर्यो कि ?
आगनमा गुलाफ रोपेर मरुभूमिमा के गर्दै होला ?
फुलेर नि फुल्न नसके झै रुन्छ गुलाफ
गुलाफ चुडाल्न चोरहरु दाउ हेरिरहेछन
परदेसिलाई न त्यस्को सौन्दर्य चाहियो
न त सुरक्षा दियो ।
गुलाफ आत्महत्याको तयारिमा छ
बरु शववाहनमा हर्सोल्लास मनाउने तयारिमा छ,
किन कि त्यत्ती बेला त परदेसि पक्कै आउला नि ?
यो लिलाम जिन्दगीलाई बिदाई गर्न ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.