गौतम भद्र ध्वज र दुर्गा सारुका दोहोरी मुक्तकः

Bhadra Dhwoj Gautam Ra Durga Saru, गौतम भद्र ध्वज र दुर्गा सारु, pallawa, पल्लव

गौतम भद्र ध्वज दुर्गा सारु

सम्झनामा पल पल अझ कति टोलाउनु अब
तस्वीर हेर्दै दुई नयन कति लोलाउनु अब
दुरीले टाढा भए पनि मनको नजिक छु,
स्याङ्जालीले मकवानपुरे भनी बोलाउनु अब
गौतम

फेसबुकबाट हामी दुइको परिचय भो !
चिनजान पश्चात् दोहोरी मुक्तक तय भो!
स्वच्छ मनले दोहोरी मुक्तक गाऔँ भन्दा,
शुन्य वातावरण आज उल्लासमय भो !
दुर्गा

 

दिलको ढोका ढक ढक गरेऊ तिमी !
नजिक आउँदा किन पर सरेऊ तिमी!
संसारमा यस्तै रहेछ जाली बेइमानी ,
हजारौंको संख्यामा मात्र एक परेऊ तिमी!
गौतम

अनलाइनमा कुरा कानी गर्दै गए।
हरेक बात मलाई मन पर्दै गए ।
दुरीले टाढा भए पनि शब्दले ,
दिलको छेउ कुना माया भर्दै गए ।
दुर्गा

भुल्नै गाह्रो चिने पछि त तिमीलाई !
लेख्छु पत्र निकाली रगत तिमीलाई !
मायामा चलेको चलन रहेछ यहाँ
नसोच्नु कुरा गर्यो फगत तिमीलाई !!

गौतम
सत्य बोल्छु दिल मेरो खाली छ ।
नभन्नु नि! स्याङ्जाली जाली छ।
विश्वास छ पर्दैन रगतले कोर्नलाई ,
तपाईं नै यो दिलको माली छ ।
दुर्गा

मेरी माया दिलमा राज गरौंली अब!
धमिलो खोला कसरी तरौली अब !
चुम्बकीय शक्ति हुन्छ रे! मायामा,
नजिकै बस्दा अलि वर सरौली अब!
गौतम

भन्नुस मात्रै म खोली तर्छु नि!
पवित्र मनले बाचा कसम गर्छु नि!
बोल्ने जे पनि बोल्छन् सुन्दिन म
आजैदेखि तपाईंको भर पर्छु नि!
दुर्गा

मलाई यस्तै कुरा सुन्न मन थियो ।
मजबुत कसिलो दुरुस्त तन थियो ।
धनको हैन मनको माया ठुलो भनी,
कुरा बुझ्ने मिठास मायालु पन थियो।
गौतम

लेखे दुई शब्द कलम समाइ हेर!
दुबैको छ धेरै थोरै कमाइ हेर!
एक आपसमा दु:ख सुख बाडेर,
बसौंला नी हासिखुसी रमाइ हेर !!
दुर्गा

आज मेरो मनले रोजेको मायालाई पाएँ ।
मुटु धड्कनले खोजेको छायालाई पाएँ ।
दुई मुटु एक भइ डटेर सामना गरौंला ,
तत्कालीन स्वपनमा सोचेको कायालाई पाएँ ।
गौतम

दु:ख सुखमा हातमा हात मिलाई तिमीले!
फातेको मन विश्वासले सिलाइ तिमीले!
दुबैको आड भरोसा र विश्वास छ भने,
अब पनि किन गर्नु पर्यो ढिलाइ तिमीले!!
दुर्गा

दरिलो मुटु लिइ जंघार तर्नु तिमी!
मुटुको स्पन्दनको विश्वास गर्नु तिमी!
यदि याद र मेरो भरोसा छ भने,
ढुक्क भइ मेरो नजिक सर्नु तिमी !
गौतम

वर्षासँगै उर्लेको खहरे भेल तरेर आएँ ।
हजारौंको भिडमा तपाईं भर परेर आएँ ।
मन्दिर , चैत्य ,गुम्बा सबै ठाँउमा गएर,
साथ छोडदिन भनी बाचा गरेर आएँ ।
दुर्गा

तिम्रा हरेक कुरामा विश्वास भरेर जिएको छु।
सत्य बचन र मन तिमीलाई दिएको छु ।
तिमी संगको बाचा कसम कहिल्यै तोडदिन,
तिम्रो मेरो नाता एउटै धागोले सिएको छु ।
गौतम

मधुर बोलि वचन विश्वासले खास बनायो।
पलपलको यादले मन मुटुमा बाँस बनायो।
सम्बन्ध प्रगाढ र मजबुत बन्दै गर्दा आज,
झुपडीमा बसे पनि महलकै आभास बनायो।

गौतम भद्र ध्वज, मकवानपुर, / दुर्गा सारु, स्याङ्जा,
२०७५-०२-१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.