गजल

Spread the love
namita, baral, नमिता बराल, pallawa, पल्लव

नमिता बराल

तिमीलाई नछोइ झरी कहाँ मुस्कुराउँछ
त्यो हावा पनि सुस्तरी कहाँ मुस्कुराउँछ

सारा खुसी तिम्रै ओठमा अटाउनु पर्छ
तिमी नहासे मन्जरी कहाँ मुस्कुराउँछ

नढाक मुहार नकाबले नच्याप संकारले
पिन्जडामा बनको चरी कहाँ मुस्कुराँउँछ

 

आओस् अभावहरु हद नजिक आओस्
त्यो खुसी मेरो वरिपरि कहाँ मुस्कुराउँछ

तिमीलाई नछोइ झरी कहाँ मुस्कुराउँछ
त्यो हावा पनि सुस्तरी कहाँ मुस्कुराउँछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *