टेकनारायण रिमाल ‘कौशिक’ का जोर कविता

Tek, Narayan, Rimal, Kaushik, टेकनारायण रिमाल ‘कौशिक’, pallawa, पल्लव Manma,

टेकनारायण रिमाल ‘कौशिक’

(१) अनमोल निधि
साहित्यकारहरूको
भूगोलमा
ठाडा तेर्सा
समानान्तर
रेखा
हुँदैनन्
साहित्यकार
कलाकार
वा
कविहरू त
विश्वकै
निधि हुन्

 


र त
विश्वलाई
सहज
सरस
सरल

सजीव
जीवन दर्शन
दिन्छन्।
सर्जकहरूको
मानचित्रबाट
सीमारेखाहरू सबै
मेटिएका हुन्छन्
उनीहरूलाई त
निश्फिक्री
पखेटा फिँजाएर उड्न
खुला आकाश चाहिन्छ
तब त उनीहरूले
संसारलाई
स्वतन्त्रताको
फार्मुला दिन सक्छन् हो
साहित्यकार
कलाकारहरू देशका
अनमोल निधि हुन्
उनीहरू
विश्व निधि हुन्…….

(२) जुझारू हुँदैन कवि
जुझारू स्वभावको
हुँदैन कवि
ऊ त
दुधालु हुन्छ
मीठो दूध दिने।

थुन दुखाइदिनेहरुमा
लात्ति चलाए’नि
प्राणीभरिमाको सोझो
गाई हो कवि।

रोगको उन्मूलन गर्न
तीतो
खुराक ख्वाउँछ तर
प्राण घातक
विष दिँदैन

बदमाश होइन
बैद्य हो कवि।

कहिलेकाहीँ
खटिरो फोर्न
औजार चलाए’नि
मुटुमा
छुरा घोप्दैन

डाँकू होइन
डाक्टर हो कवि।

आँप कटहरका साझा रुखमा
झटारो हान्न सक्छ
तर
पथिकहरुको
टाउको फुटाउन
लाठीचार्ज गर्दैन

भाइमारा होइन
भान्छे हो कवि।

बूढो कवि
अर्थात्
शब्दको जादुगर
भाव नचाउन
खप्पिस
बूढो हुँदैन कहिल्यै

मरेर पनि मर्दैन
अभिव्यक्ति
बाँचिरहन्छ
अनन्तसम्म ऊ

शरीर होइन
आत्मा हो कवि।

अहँ,
जुझारु हुँदैन कवि।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.