गजल

Spread the love
Deep, Dip, Darsan,दीप दर्शन ढकाल,pallawa,पल्लव

दीप दर्शन ढकाल

आउछु भनेर तिमी नआएपछी
तडपिराछु मात्र याद पठाएपछी

चादनीको रोसनी फिक्का लाग्छ
तिमी अलिकती मुस्कुराएपछी

तिम्रा यादहरूले सताउन थाल्छन
घाम अस्ताएपछी जुन उदाएपछी

 

भन कुन अदालतमा उजुरी गर्छौ
मैले तिम्रो दिलमा घर बनाएपछी

मेरो जिन्दगी अन्धकार भएको हो
मैले “दिप “को रोसनी गुमाएपछी

दिप दर्शन ढकाल
कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *