मातृ पुकार

Spread the love
Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

आमा, आमा, आमा, आमा मेरी प्यारी आमा
अँध्यारो को ज्योती तिमी उज्यालो को घाम ।
दसै महिना कोखमा राखी जन्म दियौ जब
सन्सार कै खुशी पाए झैँ हर्षित भयौ तब ।।

भोक भोकै आफू न खार्इ गर्‍यो लालन पालन
अलि,अलि बिरामी हुँदा म रुन्थेयो तिम्रो मन ।।
पहिलो गुरु तिमि नै होउ बाबा भन्न सिकायौ
बालक पाँचै बर्ष लाग्दा लाग्दै स्कुलै पठायौ ।।

 

पढी, लेखी ठूलो भई जागीर पनि खाइयो
बुढेसकालमा भन्छिन आमा अहिले दुख:पाइयो
बुढेसकालको लौरो थिएँ उन्कै लागि म त
आफ्नै स्वार्थमा बिर्सिगएँ म बितेका बखत ।।

जिन्दगीमा कहिले पनि न बिर्सनु है आमा
सन्सार को तिर्थ नै आमा सम्झी चार धाम ।
आकाश हाम्रा पिता श्री अनि पृथ्वी हाम्री आमा
माता पिता पर्मेस्वर हुन यिनैको गरौ सधै सम्मान ।।

धन्यवाद (पागल कवि)
दिल्ली ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *