गजल

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

युवा शक्ति छ खुशी चहारीमा आज ।
घुनहरू फस्टाउँदैछन् भकारीमा आज ।

खाडी भित्र रगतसंग साट्दैछ सुक्ष्म खुशी,
खोज्दैछ मुस्कान बोकेको भारिमा आज।

मेरुदण्ड अरब तिर लुलो ज्यान छ यता,
रून्छ देश सगरमाथाको छहारीमा आज ।

 

उडुसहरू मौलाएर अमलपित्त भयो माटो,
उन्यु हौस्यो जताततै घरबारिमा आज ।

शेरहरू शिकार खोज्न दुर यात्रामा हुँदा,
काला ब्वाँसा खोक्छ्न् वारिपारिमा आज ।

फर्कन लौ देशको शक्ति युवाहरू आऊ,
जूकाहरूलाई छदाउँनुछ चौतारीमा आज ।

सृजना सरोवर
उदयपुर .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.