डिभीमोह

Spread the love
Surendra, Astafal, सुरेन्द्र अस्तफल, pallawa, पल्लव

सुरेन्द्र अस्तफल

सन् २०१६ को डिभी चिठा खुलेपछि लक्ष्मी र टीका निकै चञ्चल थिए । वैवाहिक जीवनमा आवद्ध भएको दस वर्ष पूरा भए पनि जागिरको स्थायित्व नभएकोमा उनीहरू
चिन्तित थिए । दुईवटा सन्तानको भविष्य सुरक्षित गर्न नसकेकोमा के गरौ र कसो गरौँको भूमरीमा हराइरहेका थिए उनीहरू । एकदिन स्कुलबाट मध्यान्तरको समय
मिलाएर हतार हतार डिभी भरे ।

 

उनीहरूको भाग्य चम्कियो । डिभी चिठाले उनीहरूको पुकार सुनेछ । कसैलाई पनि थाहै नदिइकन उनीहरूले डिभीको लागि पहिलो पत्र प्रेषित गरे । केस नम्बर अगाडि
भएकोले उनीहरू डिभीको दोस्रो लेटर आउनेमा निर्धक्क थिए । सपनामा पनि अमेरिकी आकाशमा उडेका मीठा प्रेमिल दृश्यहरू देख्थेँ । तर आफूभन्दा पछाडि नम्बर
भएकाहरूको दोस्रो लेटर आए पनि उनीहरूको लेटर आएन ।

अध्ययनको क्रममा थाहा भयो – हतारमा डिभी भर्दा श्रीमती लक्ष्मी थापाको फर्ममा श्रीमान् टीका थापाको र श्रीमान् टीका थापाको नाममा श्रीमती लक्ष्मी थापाको फोटो टाँस
भएको रहेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *