‘नव लोककि वधु !’

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

हेर देखेऊ तिमीले,
हिमालले घुम्टी ओढेको ।
त्यसमाथि उसले;
सितारा अहो जडेको ।
नेत्र छन् उसका दुई,
रवि शशी जडिएको ।
परेला ओझेली,
हेर सितारा चम्केको ।
चकमन्न भए लोक,
विहानी अरुणिमाको झुल्को ।

 

सजिएको अब कस्तो ?
नव वधु हो कि जस्तो?
मध्यान्न उस्को।
हेर जवानी मस्क्यो।
चाल ढाल देख्ता,
उर्वशी हो कि जस्तो?
गोधुलिले रङ्गदा,
ऐश्र्वर्यै स्वर्ग जस्तो।
भनु त के भनु?
वरणन गर्ने
कुनै ठाऊँवैं नपाए जस्तो।
आहा खुल्यो
नव लोक आज।
भनि देखे है!
दुनियाँले।
भव्य गौरव मय,
यो दृश्य;
वर्णन गर्न।
सक्ने हो कस्ले?।..

सम्पूर्ण मित्रजन वन्धु वान्धवजीमा,
शुभ व्रह्म मूहुर्तम् जी !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.