गजल

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

एक चट्याङ पर्यो म माथी आनन्द भयो।
किन मनले मान्यो खुब जाती आनन्द भयो।

मलाई चोट लागेको त्यो खबर बा सम्म पुर्याए
बा ले भनेनि “भो अब नमात्ती” आनन्द भयो।

केन्द्र बिन्दु ठम्याउन मन लाग्यो चोट हान्नेको
अनुसन्धान गर्न नि मै गा’थी आनन्द भयो।

 

मायाको नापो हुन्नभन्यो नापतौल भिभागले
उस्ले भन्छ म मानो तिमी पाथी आनन्द भयो।

दिन र मन कुन बेला मोडिन्छन थाहा हुन्न रैछ
सम्झेँ आज काँ छु हिजो काँ थि आनन्द भयो ।

Maiya Lamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.