रामहरि शर्मा ‘शराह’का केही टुक्राहरूः

Spread the love
Ramhari, Sharma, रामहरि शर्मा ‘शराह’, pallawa, पल्लव

रामहरि शर्मा ‘शराह’

छेकिन्छन् सभ्यताका हरकदमहरू वाध्यता छेकिँदैनन्
लेखिन्छन् स्वच्छताका नव रमण कथा वाध्यता लेखिँदैनन्
यस्तै हो वाध्यताको कहर छ जगमा न्यूनले ज्यून गाह्रो
स्वेच्छाचारी बिचारी छ प्रगति पथमा न्यूनलाई तगारो ।।

वसन्तको अन्त सँगै मुनाहरू
झपक्क भै पात पलाउँदा अरु
शोभा छताछुल्ल छ गृष्ममा अब
भरिन्छ डाली तब दिन्छ आश्रय !!

 

सधैँ बिहान चिर्बिरे चराहरू कराउँथे
उठेर हेर्दथेँ उतै प्रशन्नता गराउँथे
म राज्य केन्द्रमा पसेँ छुटे उतै कुहूँ कुहूँ
मिलेन स्वच्छता कि वा न के उसै डराउँथे !!

सधैँ पढ्ने लेख्ने कलम सँग खेल्ने रहर यो
कता खै के के भो ! क्रमिक सँग सुस्ताउन गयो
अहो ! सोच्ने शैली पनि दिनदिनै मुक्त गतिमा
खुशी हूँ वा दु:खी समय गतिको यो प्रगतिमा ??

पृथ्वी तिमी सहनशील बन्यौ तथापि
मान्छे बने सहज वा अनुदार पापी
उर्जा र अमृत धडा चुहुने धरामा
फल्ने भए महल रे अब यी गरामा ।।

हिजो बोलिन् आमा शुभ शुभ भनी भेद नगरी
थिए होलान् धेरै रहर तर भै सन्तनु सरि !
सबै आफ्ना इच्छा हृदयतलमै थन्किन गए
अहा ! आमाको त्यो विहसित कलाको जय जय !!

“शराह”
नवलपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *