‘एउटा रङ्गमञ्चमा’

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

मञ्चन भैरहेको नाटक जस्तै
फरक फरक पात्रहरूको
डरलाग्दो अभिनय
हेर्न विवश छन मेरा यी आखाहरू

नचाहदा नचाहदै गासिएको सम्बन्ध जस्तो
जबर्जस्ती अर्कैको इशारामा
डोहोर्‍याईएर हिडिरहेको अजिबको प्राणी झै
भित्रि मनबाट खुशी नभएता पनि
मुहारमा कत्ती पनि नमडारीकन
कालो बादलका आकृतिहरू
गज्जबको अभिनय गरिरहेछ एउटा पात्र

 

हातमा लिएर बारुद भरिएको
एउटा सुन्दर गुलाफ
अनि
आफैले थापेको धरापमा पारेर
क्षत बिक्षत मेरो मुटुलाई
हतार हतार अस्पताल पुर्‍याउन
अत्तालिरहेको अभिनयमा
पछाडी छुरा लुकाई
आगाडी मीठो मुस्कान बोक्ने
सबै भन्दा नजिकको प्रिय मान्छे
तिमिलाइ म चुपचाप हेरिरहेछु

लेख्दा लेख्दै लेखकले बाटो बिराएपछी
अलमलमा परेका पाठकहरू जस्तै
लाचार तिम्रा आखाहरू
कल्पना बेगरका दृश्यहरूमा
अनौठो तरिकाले बोलिरहेछन
कतै पस्चाताप
त कतै प्रतिशोधको आलाप निकालेर

भिन्न तरिकाले बगेको
यो अचम्मको कथा भित्र
रणभुमीमा घाईते योद्धा जस्तै
छटपटाई रहेको छ म भित्रको मन
जहाँ
दुश्मनले पछिल्तिरबाट हान्नु पर्ने छुरा
आफन्तहरूले हानिरहेछन

मेरो मृत्युको कामना गरिरहेछ
मेरो आफ्नै साथी …….
अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.